Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । शेयर बजार लगातार आज सातौं दिन पनि बढेको छ । गत साताको मंगलबारदेखि बजार निरन्तर उकालो लागिरहेको हो ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १६.४९ अंकले बढेको हो । ०.८५ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १९५९.१२ अंकमा उक्लिएको छ ।
आज २७० कम्पनीका ४८ लाख ६५ हजार ४ सय ७५ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८७ करोड ३० लाख १८ हजार २४।०९ रुपियाँ बराबरको कारोबार भएको हो ।
बजार निरन्तर बढिरहँदा आज आत्मनिर्भर लघुवित्त र यूनिलिभर नेपाल लिमिटेडका लगानीकर्ताहरुले सबैभन्दा बढी क्रमशः १० र ९.९६ प्रतिशतले नाफा कमाएका छन् ।
त्यसैगरी सानिमा इक्वीटी फण्डका लगानीकर्ताहरुले सबैभन्दा बढी ३.७७ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज पनि शिवम् सिमेन्टको उच्च कारोबार भएको छ । उक्त कम्पनीको १४ करोड ६४ लाख ९१ हजार ७४.५० रुपियाँको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
साताको पहिलो दिन आइतबार बजार ५.८८ अंकले बढ्दा १ अर्ब ६९ करोड ४ लाख ९२ हजार ७ सय ३१.५३ रुपियाँ, सोमबार ८.१० अंकले बजार बढ्दा १ अर्ब २७ करोड ८७ लाख ४ हजार ७ सय २६.३८ रुपियाँ र हिजो मंगलबार ५१.३१ अंकले बजार बढ्दा २ अर्ब २० करोड २३ हजार ९ सय ४५.८७ रुपियाँ बराबरको कारोबार भएको थियो ।
लामो समयदेखि निरन्तर घटिरहेको शेयर बजारमा केही दिन यता उत्साह छाएको छ । बैंक ब्याज घट्ने क्रममा रहेको र नेपाल धितोपत्र बोर्डले नयाँ ब्रोकर कम्पनीको लाइसेन्स प्रदान गरी शेयर बजारमा आकर्षण बढाउन भूमिका खेलेकाले लगानीकर्ताहरु उत्साहित भएको आंकलन गरिएको छ ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल