Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । दुई दिन लगातार घटेको शेयर बजार आज भने दोहोरो अंकले बढेको छ । तर नेप्से माथि चढे पनि कारोबार रकम भने हिजोअस्तिको तुलनामा खुम्चिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १७.६९ अंकले बढेको हो । ०.८८ प्रतिशतले बजार बढ्दा नेप्से २०१५.९८ अंकमा उक्लिएको हो ।
आज २७७ कम्पनीका ६० लाख ३१ ह्जार ३ सय ५६ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३३ करोड २५ लाख ६४ हजार ७ सय ६९.५१ रुपियाँ बराबरको कारोबार भएको हो ।
कुथेली बुखरी स्मल हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.९८ प्रतिशतले नाफा कमाएका छन् । त्यस्तै लक्ष्मी लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ४.४२ प्रतिशतले घाटा व्यहोरेका छन् ।
कुमारी बैंकको संस्थापक शेयर सबैभन्दा बढी किनबेच भएको छ । उक्त बैंकको २८ करोड ५९ लाख १९ हजार ६ सय ६ रुपियाँको शेयर किनबेच भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन आइतबार २१.९९ अंकले बजार घट्दा १ अर्ब ४४ करोड ७४ लाख ८ हजार ९ सय ४२.६७ रुपियाँ र हिजो सोमबार १२.९३ अंक बजार घट्दा १ अर्ब ४० करोड ८९ लाख ८१ ह्जार ६ सय १.६८ रुपियाँ बराबरको कारोबार भएको थियो ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल