Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । शेयर बजार निरन्तर घटिरहेको छ । लगातार चौथो दिन बजार ओरालो झरेको हो ।
यसैक्रममा आज बजार १८.०६ अंकले घटेको हो । ०.९६ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १८५८.५३ अंकमा झरेको छ ।
आज २८९ कम्पनीका ४५ लाख ९५ हजार ५ सय ५३ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३२ करोड ३५ लाख १९ हजार ३ सय ५७.२१ रुपियाँ बराबरको कारोबार भएको हो ।
समग्रमा बजार घटे पनि रु रु जलविद्युतका लगानीकर्ताहरुले सबैभन्दा बढी ५.६३ प्रतिशतले नाफा कमाएका छन् ।
त्यस्तै विभिन्न तीन कम्पनीमा नेगेटिभ सर्किट लागेको छ । आज विजय लघुवित्त, माउन्टेन इनर्जी र यूनाइटेड इदी मर्दी हाइड्रोका लगानीकर्ताहरुले १०–१० प्रतिशतले घाटा व्यहोरेका हुन् । आज कम्पनीबाहेक अरु सबैको शेयर मूल्य घटेको छ ।
साताको पहिलो दिन आइतबार नेप्से ४७.७५ अंकले उचालिंदा २ अर्ब १ करोड १७ लाख ६३ हजार ३ सय ५८.५२ रुपियाँ, सोमबार ११.२७ अंकले बजार तल झर्दा १ अर्ब ७५ करोड ४७ लाख ५० हजार ७ सय ५५्.८२ रुपियाँ, मंंगलबार २.१७ अंकले बजार घट्दा १ अर्ब २८ करोड २ लाख २८ हजार ९ सय ७१.८६ रुपियाँ र हिजो बुधबार १७.९३ अंकले बजार ओरालो झर्दा १ अर्ब १ करोड ४१ लाख ९५ हजार ३ सय ७५.०१ रुपियाँ बराबरको कारोबार भएको थियो ।
२०८१ मंसिर ६
ताजा नेपाल
२०८१ मंसिर ६
ताजा नेपाल
२०८१ मंसिर ६
ताजा नेपाल