Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

शेयर बजारमा १९.०६ अंकको गिरावट, सवा अर्बमा समेटियो कारोबार

काठमाडौं । शेयर बजार निरन्तर घटिरहेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १९.०६ अंकले घटेको हो । ०.९९ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १८८९.५९ अंकमा झरेको छ ।
आज २८२ कम्पनीका ४२ लाख ८७ हजार ४ सय २४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब २८ करोड ३१ लाख ८२ हजार १ सय ४५.३२ रुपियाँ बराबरको कारोबार भएको हो ।
बजार घटेको दिन आज अपर लोहोरे खोला हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ५.८६ प्रतिशतले नाफा कमाएका छन् भने बाराही हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ७.६४ प्रतिशतले घाटा व्यहोरेका छन् । २३ कम्पनीबाहेका सबैको शेयर मूल्य घटेको छ ।
सानिमा जीआईसी इन्स्योरेन्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको २० करोड ३७ लाख ९४ हजार ९ सय ९१.४० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन आइतबार बजार ३५.६७ अंकले घट्दा १ अर्ब ८० करोड १७ लाख ६६ हजार २ सय ९४.०८ रुपियाँ र हिजो सोमबार पनि १२.५८ अंकले बजार घट्दा १ अर्ब १७ करोड १ लाख ७२ हजार ७ सय २२.०८ रुपियाँ बराबरको कारोबार भएको थियो ।