Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । शेयर बजारमा आज उत्साह देखिएको छ । हिजो पनि बजार झिनो अंकले बढेको थियो । आज नेप्से दोहोरो अंकले बढेसँगै कारोबार रकममा पनि बढोत्तरी भएको हो ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २३.३९ अंकले बढेको हो । १.२८ प्रतिशतले बजार उकालो चढ्दा नेप्से परिसूचक १८४५.०१ अंकमा पुगेको छ ।
आज २६६ कम्पनीका २५ लाख ७७ हजार २ सय १० कित्ता शेयर किनबेच हुँदा ८५ अर्ब ७६ लाख २४ हजार ३ सय १८.४६ रुपियाँ बराबरको कारोबार भएको हो ।
बजारमा उत्साह देखिएको दिन आज आत्मनिर्भर लघुवित्त, इस्टर्न हाइड्रो र ग्रीनलाइफ हाइड्रोका लगानीकर्ताहरुले क्रमशः ९.९९, ९.७८ र ९.७३ प्रतिशतले नाफा कमाएका छन् । त्यसैगरी माइ खोला हाइड्रो, यूनिक नेपाल लघुवित्त र नेपाल बैंकको ऋणपत्रका लगानीकर्ताहरुले क्रमशः ७.९३, ५.३६ र २.५३ प्रतिशतले घाटा व्यहोरेका छन् ।
नेप्सेका अनुसार आज शिवम् सिमेन्टको उच्च कारबो भएको छ । उक्त कम्पनीको ५ करोड ४६ लाख ५८ हजार ६ सय ८५.६० रुपियाँ बराबरको कारोबार भएको हो ।
साताको पहिलो दिन आइतबार १६.९६ अंकले बजार घट्दा ९० करोड ५ लाख ६३ हजार ८ सय ५६।२५ रुपियाँ, सोमबार ३.३४ अंकले बजार घट्दा ६९ करोड ७८ लाख २ हजार २ सय ५२.१८ रुपियाँ र हिजो मंगलबार ३.२९ अंकले बजार बढ्दा ६४ करोड १ लाख १७ हजार २ सय ६०.५२ रुपियाँ बराबरको कारोबार भएको थियो ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल