Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

शेयर बजारमा २६.१४ अंकको गिरावट, साढे २ अर्बको कारोबार

काठमाडौं । शेयर बजार तल झर्ने क्रम थामिन सकेको सकेन । कारोबार रकम पनि साढे २ अर्बमा समेटिएको छ । बजार लगातार पाँच दिनदेखि घटिरहेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २६.१४ अंकले बजार घटेको हो । १.२२ प्रतिशतले बजार घट्दा नेप्से २१००.३४ अंकमा झरेको हो ।
आज २६६ कम्पनीका ६८ लाख ६० हजार ४२ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ५० करोड २८ लाख ८६ हजार ५ सय २७.८७ रुपियाँ बराबरको कारोबार भएको हो ।
बजार घट्दो क्रममा रहेको बेला आज पिपुल्स पावर लिमिटेडका लगानीकर्ताहरुले सबैभन्दा बढी ३.५६ प्रतिशत नाफा कमाएका छन् । आज २६ कम्पनीको शेयर मूल्य बढेको छ । त्यस्तै मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ६.७८ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज शिवम् सिमेन्ट लिमिटेडको उच्च कारोबार भएको छ । उक्त कम्पनीको १४ करोड ७८ लाख ७४ हजार ३ सय ४९.४० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जानकारी दिएको छ ।


सम्बन्धित समाचार