Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

शेयर बजारमा २६.६६ अंकको गिरावट, पौने ५ अर्बको कारोबार

काठमाडौं । मौद्रिक नीति लचिलो आउने हल्लापछि हिजो हौसिएका लगानीकर्ताहरु आज फेरि निराश भएका छन् ।
हिजो उच्च अंकले शेयर बजार बढे पनि आज पुनः करेक्शन देखिएको हो । बजार घटेपछि शेयर लगानीकर्ताहरु अत्तालिएका हुन ।
राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको चालु आवको मौद्रिक नीतिमा खासै सुधारका कुरा उल्लेख नभएको लगानीकर्ताहरुको प्रतिक्रिया छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड ९नेप्से० का अनुसार आज बजार २६.६६ अंकले घटेको हो । १.१९ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २२००.५० अंकमा झरेको छ ।
आज २ करोड ९ लाख ७९ हजार ८ सय ८७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७२ करोड ७६ लाख ८ हजार ८ सय १०.४४ रुपियाँ बराबरको कारोबार भएको हो ।
आज किसान लघुवित्तको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । लगानीकर्ताहरुले १० प्रतिशत नाफा कमाएका छन् । यता एनआईबीएल ग्रोथ फण्डका लगानीकर्ताहरुले सबैभन्दा बढी ६.९३ प्रतिशतले घाटा व्यहोरेका छन् ।
नेपाल पुनर्बीमा कम्पनी (नेपाल री) को उच्च कारोबार भएको छ । उक्त कम्पनीको २५ करोड ५६ लाख ६९ हजार ८ सय ४१.५० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन हिजो आइतबार बजार ६३.२४ अंकले बढ्दा ४ अर्ब ३७ करोड ५१ लख ९६ हजार २ सय ३२.८० रुपियाँ बराबरको कारोबार भएको थियो ।


सम्बन्धित समाचार