Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

शेयर बजारमा २८.३३ अंकको सुधार, तीन अर्ब बढीको कारोबार

काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेसँगै ३ अर्ब बढीको कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २८.३३ अंकले बढेको हो । १.३८ प्रतिशतले बजार बढेसँगै नेप्से परिसूचक २०७७.७६ अंकमा पुगेको हो ।
आज २८७ कम्पनीका ८३ लाख ५२ हजार ५ सय ७६ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४ करोड २५ लाख ४३ हजार ९ सय ६१.०१ रुपियाँ बराबराको कारोबार भएको हो ।
आज रावा इनर्जी र सिटी होटलका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.९८ र ९.५१ प्रतिशतले नाफा कमाएका छन् भने अपर तामाकोशीका लगानीकर्ताले सबैभन्दा बढी ६.६५ प्रतिशतले घाटा व्यहोरेका छन् ।
हिमालयन लाइफको उच्च कारोबार भएको छ । उक्त कम्पनीको १८ करोड ६० लाख ७२ हजार ६० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।


सम्बन्धित समाचार