Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

शेयर बजारमा २.८२ अंकको गिरावट,  माछापुच्छ्रे बैंकको उच्च कारोबार

काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ भने कारोबार रकम भने एक अर्ब नाघेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २.८२ अंकले घटेको हो । ०.१४ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९९०.५९ अंकमा ओर्लिएको छ ।
आज २७६ कम्पनीका ३८ लाख ३ हजार २ सय ४४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १३ करोड ८ हजार ४१.१५ रुपियाँ बराबरको कारोबार भएको हो ।
समग्रमा बजार घटे पनि सिटी होटलका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.९८ प्रतिशतले नाफा कमाएका छन् । यता सिद्धार्थ इक्वीटी फण्डका लगानीकर्ताहरुले सबैभन्दा बढी ७.९४ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आजैमात्र १४ प्रतिशत लाभांश घोषणा गरेको माछापुच्छ्रे बैंकको उच्च कारोबार भएको छ । उक्त बैंकको १० करोड ९१ हजार २ सय ९७.८० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन आईतबार २०.५४ अंकले बजार घट्दा १ अर्ब २६ करोड २७ लाख ६७ हजार ८ सय ७६.५५ रुपियाँ, सोमबार ५.०९ अंकले बजार बढ्दा ९८ करोड ८६ लाख २८ हजार ५ सय ६२।२४ रुपियाँ र हिजो मंगलबार ५.०५ अंकले बजार घट्दा ८६ करोड ५१ लाख २० हजार ४ सय ५२.४० रुपियाँ बराबरको कारोबार भएको थियो ।


सम्बन्धित समाचार