Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । शेयर बजार उच्च अंकले घटेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३३.२० अंकले घटेको हो । १.६५ प्रतिशतले बजार घट्दा नेप्से १९७१.१० अंकमा ओर्लिएको छ ।
आज २८४ कम्पनीका ६७ लाख २३ हजार ४ सय कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८३ करोड ४ लाख ८६ हजार ७ सय ४३.११ रुपियाँ बराबरको कारोबार भएको हो ।
समग्रमा बजार घटे पनि सयपत्री हाइड्रोपावरमा पोजेटिभ सर्किट लागेको छ । उक्त कम्पनीको शेयर मूल्य आज १० प्रतिशतले बढेको हो । त्यस्तै आज सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडसहित १० कम्पनी लगानीकर्ताहरुले ९ प्रतिशत बढी घाटा व्यहोरेका छन् ।
आजैबाट कारोबार शुरु भएको सिटिजन्सको शेयर मूल्य १० प्रतिशतले घटेको हो । रु. ५०८ मा कारोबार शुरु भई प्रतिकित्ता रु। ४५७.२० मा झरेर कारोबार रोकिएको हो ।
नेप्सेका अनुसार आज सिटिजन लाइफको उच्च कारोबार भएको छ । उक्त कम्पनीको १४ करोड ७३ लाख ६० हजार ७ सय ४३.६० रुपियाँ बराबरको शेयर किनबेच भएको छ ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल