Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

शेयर बजारमा ३४.१७ अंकको उछाल, चार अर्ब नाघ्यो कारोबार

काठमाडौं । शेयर बजारमा उछाल आउँदा नेप्से २ हजार अंक माथि चढेको छ भने कारोबार रकम पनि ४ अर्ब नाघेको छ । बजार केही दिन यता निरन्तर बढिरहेको हो ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३४.१७ अंकले बढेको छ । १.७२ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २०२०.६४ अंकमा पुगेको हो ।
आज २७० कम्पनीका १ करोड ८ लाख १ हजार ६ सय ९३ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १२ करोड ६६ लाख ९५ हजार ९ सय ४३.९७ रुपियाँ बराबारको कारोबार भएको हो ।
बजारमा उछाल आएसँगै आज वीन नेपाल लघुवित्त, भूगोल इनर्जी, सिटी होटल, हिमालयन डिस्टिलरी र शिवम् सिमेन्टका लगानीकताहरुले क्रमशः १०, ९.९७, ९.९७, ८.८० र ८.२३ प्रतिशतले नाफा कमाएका छन् । त्यसैगरी प्रभु स्मार्ट फण्डका लगानीकर्ताहरुले सबैभन्दा बढी ३.९३ प्रतिशतले घाटा व्यहोरेका छन् ।
नेप्सेका अनुसार शिवम् सिमेन्टको उच्च कारोबार भएको छ । उक्त कम्पनीको २७ करोड ६६ लाख ८७ हजार २ सय ५०.७० रुपियाँ बराबरको कारोबार भएको हो ।
साताको पहिलो दिन आइतबार बजार ४०.४८ अंकले बढ्दा ३ अर्ब ४५ करोड ४३ लाख ४४ हजार ५ सय ६३.९१ रुपियाँ र हिजो सोमबार ७.७९ अंकले बजार बढ्दा २ अर्ब ८८ करोड ६५ लाख ९ हजार ४ सय १५.६९ रुपियाँ बराबरको कारोबार भएको थियो ।


सम्बन्धित समाचार

आजबाट धरहरा चढ्दा २०० लाग्ने

२०८१ मंसिर ९

ताजा नेपाल

रविको म्याद चौथो पटक थपिँदै

२०८१ मंसिर ९

ताजा नेपाल