Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। लगानीकर्ताको अपेक्षालाई उपेक्षा गर्दै राष्ट्र बैंकले लगानी नीति ल्याएपछि सेयर बजार आइतबार फराकिलो अन्तरले घटेको छ।
सेयर धितो ऋणको १२ करोडको सीमा खारेजी वा निक्कै हदसम्म फराकिलो हुन्छ भन्ने अपेक्षा सर्वसाधारणको थियो। तर राष्ट्र बैंकले बिहीबार साँझ जारी गरेको निर्देशनले १२ करोडको सीमालाई ब्यक्तिगतका हकमा १५ र संस्थागतका हकमा २० करोड पुर्याएको छ।
त्यसको साइडइफेक्ट तत्कालै बजारमा परेको हो। निर्देशनपछि खुलेको बजारले राष्ट्र बैंकलाई रातो प्रतिकृया दिएको छ। बजार खुलेदेखि नै घटिरहेको थियो।
बजार ३५.६७ अंकले घटेको छ। सबै उपसूचकहरु रातो भएका छन्। बैंकिङ क्षेत्रले बजारलाई टेको दिन सकेको छैन।
दिनभरीमा १ अर्ब ८० करोड रुपैयाँको सेयर किनबेच भएको छ। शिवम् सिमेन्ट, रिलायवल नेपाल, नबिल बैंकको सर्वाधिक कारोबार भएको छ।
बाराही हाइड्रो र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को मूल्य साढे ९ प्रतिशत हाराहारी उक्लिएको छ। तर अधिकांस कम्पनीको सेयर मूल्य ओरालो लागेको छ। हिमालयन लघुवित्त र गरिमा डिबेञ्चर १० प्रतिशतले घटेको छ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल