Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

शेयर बजारमा ३९.४८ अंकको सुधार, साढे १ अर्बको कारोबार

काठमाडौं । शेयर बजार आज फेरि बढेको छ । साताको पहिलो र दोस्रो दिन बढेको बजार हिजो तल झरेको थियो ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३९.४८ अंकले बढेको हो । २ प्रतिशतले बजार बढ्दा नेप्से २००७.०६ अंकमा उक्लिएको छ ।
आज २७५ कम्पनीका ५१ लख ४४ हजार ७ सय २४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४९ करोड ५५ लाख २१ हजार ९ सय ५.७७ रुपियाँ बराबरको कारोबार भएको हो ।
आज बरुण हाइड्रो, शुभम् पावर, समता घरेलु लघुवित्त र अरुण काबेली पावरका लगानीकर्ताहरुले क्रमशः १०, ९.९९, ९.८६ र ९.०३ प्रतिशतले नाफा कमाएका छन् ।
त्यस्तै थ्री स्टार हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा धेरै ८ प्रतिशतले घाटा व्यहोरेका छन् ।
एनआईसी एशिया बैंकको उच्च कारोबार भएको छ । उक्त बैंकको ७ करोड ९३ लाख २५ हजार ३ सय ४७.५० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन आइतबार १०.२३ अंकले बजार बढ्दा १ अर्ब ७ करोड २२ लाख १२ हजार ४ सय १८.६० रुपियाँ, सोमबार ४४.३० अंकले बजार बढ्दा १ अर्ब ५१ करोड ८३ लाख ४३ हजार ३ सय ९७.२४ रुपियाँ र हिजो मंगलबार १९.४२ अंकले बजार घट्दा १ अर्ब १३ करोड ५० लाख ५७ हजार ५ सय १५.५१ रुपियाँ बराबरको कारोबार भएको थियो ।


सम्बन्धित समाचार