Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

शेयर बजारमा ३.३३ अंकको सुधार, नेप्से परिसूचक १८४१ विन्दुमा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ । लगातार ७ दिनमा ७० अंक घटेपछि नेप्से परिसूचक बुधबार ३.३३ अंकले बढेर १८४१.०४ अंकमा उक्लिएको हो ।
बुधबार ३७ लाख ५५ हजार कित्ता सेयर खरिद(बिक्रीबाट एक अर्ब १४ करोड १८ लाख रुपैयाँबराबरको कारोबार भएको छ । आजको कारोबारमा सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक १।२१ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा उत्पादन तथा प्रशोधन समूहको उपसूचक ०.७० प्रतिशतले घटेको हो ।
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने सिंगटी हाइड्रो इनर्जी लिमिटेड ९.१३ प्रतिशतले घटेको छ ।
कारोबार भएको रकमका आधारमा सबैभन्दा धेरै रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सात करोड ३४ लाख ४९ हजार रुपैयाँबराबरको कारोबार भएको छ । कारोबार भएको सेयर संख्याका आधारमा भने सबैभन्दा धेरै प्राइम कमर्सियल बैंकको संस्थापक सेयर एक लाख ८० हजार कित्ता किनबेच भएको छ ।


सम्बन्धित समाचार