Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । साताको अन्तिम दिन आज पनि शेयर बजार घटेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेका अनुसार आज बजार ३.३४ अंकले तल झरेको हो । ०.१८ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १८३८.५९ अंकमा झरेको छ ।
आज २५९ कम्पनीका २१ लाख ५ हजार ६ सय ५७ कित्ता शेयर किनबेच हुँदा ५७ करोड ८८ लाख ४१ हजार ५ सय ९३.५२ रुपियाँ बराबरको कारोबार भएको हो ।
समग्रमा बजार घटे पनि आज आत्मनिर्भर लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ६.१० प्रतिशतले नाफा कमाएका छन् । त्यसैगरी फरवार्ड माइक्रोफाइनान्स लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ५.९९ प्रतिशतले घाटा व्यहोरेका छन् ।
नेप्सेका अनुसार आज नेपाल दूरसञ्चार कम्पनी (एनटीसी) को उच्च कारोबार भएको छ । उक्त कम्पनीको ३ करोड १५ लाख ६ हजार ३ सय ६३ रुपियाँ बराबरको कारोबार भएको हो ।
साताको पहिलो दिन आइतबार १९.१२ अंकले बजार घट्दा ६० करोड ८१ लाख ३५ हजार ९४.१३ रुपियाँ, सोमबार १६.९३ अंकले बजार घट्दा ८२ करोड ४२ लाख १७ हजार १.८५ रुपियाँ, मंगलबार १०.६६ अंकले बजार बढ्दा ७७ करोड ४७ लाख ६० हजार ६ सय ४७.०७ रुपियाँ र हिजो बुधबार २.४३ अंकले बजार घट्दा ५८ करोड ९१ लाख ७७.१२ रुपियाँ बराबरको कारोबार भएको थियो ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल