Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

शेयर बजारमा ३.४२ अंकको गिरावट, कारोबार रकम १ अर्व १९ करोड

काठमाडौं । शेयर बजार आज पनि झिनो अंकले तल झरेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३.४२ अंकले घटेको हो । ०.१८ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १८४.।८१ अंकमा ओर्लिएको छ ।
आज २९२ कम्पनीका ३८ लाख ९६ हजार २ सय ८७ कित्ता शेयर किनबेच हूँदा १ अर्ब १९ करोड ७२ लाख ५७ हजार ८ सय ९४.६९ रुपियाँ बराबरको कारोबार भयो ।
समग्रमा बजार घटे पनि समाज लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ८.०६ प्रतिशतले नाफा कमाएका छन् ।
त्यस्तै एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड र माउन्टेन इनर्जीका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.९९ र ९.९९ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज सोनापुर मिनिरल्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ७ करोड ४६ लाख ३१ हजार ७ सय २३.४० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
साताकोपहिलो दिन हिजो आइतबार ७.२९ प्रतिशतले बजार घट्दा ९६ करोड ४० लाख १० हजार ४ सय ३१.२७ रुपियाँ बराबरको कारोबार भएको थियो ।


सम्बन्धित समाचार