Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । शेयर बजार उच्च अंकले बढ्दा कारोबार रकम सवा ३ अर्ब नाघेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका अनुसार आज बजार ४४.३४ अंकले बढेको हो । २.२३ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २०२९.७८ अंकमा उक्लिएको छ ।
आज २७८ कम्पनीका १ करोड १२ लाख ६४ हजार ३ सय ९ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २९ करोड ३९ लाख २१ हजार ३ सय ६८.३२ रुपियाँ बराबरको कारोबार भएको हो ।
बजार उच्च अंकले बढेको दिन विभिन्न १४ वटा कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा बढी बढेको छ ।
नेशनल हाइड्रो, दिव्यश्वरी हाइड्रो, स्वाभिमान लघुवित्त र हिमाल दोलखा हाइड्रोको शेयरमूल्य १०–१० प्रतिशतले बढेको हो ।
त्यसैगरी मन्दाकिनी हाइड्रो, थ्री स्टार हाइड्रो, न्यादी हाइड्रो, खानीखोला हाइड्रो, अरुण काबेली पावर, अरुण खोला जलविद्युत, बाराही हाइड्रो, मैलुङ खोला जलविद्युत, अपर सोलु हाइड्रो र गुडवील फाइनान्सको शेयर मूल्य क्रमशः ९.९९, ९.९९, ९.९८, ९.९८, ९.९७, ९.९५, ९.९२, ९.८७, ९.६५ र ९.३० प्रतिशतले बढेको हो ।
त्यस्तै एनआईबीएल ग्रोथ फण्डका लगानीकर्ताहरुले सबैभन्दा बढी ४.०७ प्रतिशतले घाटा व्यहोरेका छन् । आज २९ कम्पनीबाहेक अरु सबैको मूल्य बढेको छ ।
आजैबाट कारोबार शुरु भएको सन नेपाल लाइफ इन्स्योरेन्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको २० करोड १८ लाख ३६ हजार ४ सय ८३.५० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ । उक्त कम्पनीको शेयर प्रतिकित्ता रु. ४७५ मा किनबेच शुरु भई आज रु. ४७० मा झरेर बन्द भएको छ ।
साताको पहिलो दिन आइतबार ४२.१४ अंकले बजार घट्दा २ अर्ब २ करोड ८४ लाख ६५ हजार ६ सय १०.९४ रुपियाँ, सोमबार ४.२६ अंकले बजार बढ्दा ८७ करोड ४ लाख ४४ हजार १ सय ५६.८२ रुपियाँ र मंगलबार १६.२४ अंकले बजार बढ्दा १ अर्ब १७ करोड ६६ लाख ८० हजार ७ सय ५७.५० रुपियाँ बराबरको कारोबार भएको थियो ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल