Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

शेयर बजारमा ४.६८ अंकको सुधार, सवा दुई अर्बको कारोबार

काठमाडौं । शेयर बजार आज दोस्रो दिन पनि बढेको छ । नेप्से झिनो अंकले उकालो चढेको भएपनि कारोबार रकम भने सवा दुई अर्ब नाघेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ४.६८ अंकले बढेको हो । ०.२४ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १९३२.३३ अंकमा पुगेको छ ।
आज २६१ कम्पनीका ६५ लाख ४१ हजार ३ सय ८८ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३६ करोड ८८ लाख १५ हजार ६ सय ३५.९२ रुपियाँ बराबरको कारोबार भएको हो ।
आज यूनिक नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले नाफा कमाएका छन् । त्यसैगरी सिद्धार्थ इक्वीटी फण्डका लगानीकर्ताहरुले सबैभन्दा बढी ४.३५ प्रतिशतले घाटा व्यहोरेका छन् ।
नेप्सेका अनुसार सोल्टी होटल लिमिटेडको उच्च कारोबार भएको छ । उक्त कम्पनीको १० करोड १३ लाख १० हजार ७ सय ३४.२० रुपियाँ बराबरको शेयर किनबेच भएको हो ।
साताको पहिलो दिन आइतबार बजार ५३.०३ अंकले बढ्दा १ अर्ब ६५ करोड ६३ लाख ४० हजार ३ सय ९१.५७ रुपियाँ, सोमबार १७.३८ अंकले बजार घट्दा १ अर्ब ९७ करोड ३४ लाख ९१ हजार १ सय ७.३१ रुपियाँ र हिजो मंगलबार २५.६६ अंकले बजार बढ्दा १ अर्ब ९८ करोड १० लाख १२ हजार ७ सय १.९९ रुपियाँ बराबरको कारोबार भएको थियो ।


सम्बन्धित समाचार

आजबाट धरहरा चढ्दा २०० लाग्ने

२०८१ मंसिर ९

ताजा नेपाल

रविको म्याद चौथो पटक थपिँदै

२०८१ मंसिर ९

ताजा नेपाल