Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । शेयर बजार ओरालो झरेसँगै कारोबार रकम पनि घट्न थालेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ४.७३ अंकले घटेको हो । ०.२३ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०७२.२४ अंकमा ओर्लिएको छ ।
आज २८३ कम्पनीका ७९ लाख ८८ हजार ९ सय ८६ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ८५ करोड ९४ लाख ९० हजार ४ सय ९०।४७ रुपियाँ बराबरको कारोबार भएको हो ।
बजार समग्रमा घटे पनि विभिन्न ५ कम्पनीका शेयरधनीहरुले भने ९ प्रतिशत बढी कमाएका छन् ।
हिमालयन पावर, एनआईबीएल समृद्धि फण्ड २, रावा इनर्जी, लिबर्टी इनर्जी र कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले क्रमशः १०, १०, ९.९८, ९.६४ र ९.२४ प्रतिशतले नाफा कमाएका हुन् ।
त्यसैगरी सिंगटी हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ५.९६ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज हिमालयन लाइफको उच्च कारोबार भएको छ । उक्त कम्पनीको १२ करोड ७८ लाख १३ हजार ७ सय १९.४० रुपियाँ बराबरको कारोबार भएको हो ।
साताको पहिलो दिन आइतबार २८.३३ अंकले बजार बढ्दा ३ अर्ब ४ करोड २५ लाख ४३ हजार ९ सय ६१.०१ रुपियाँ र हिजो सोमबार ०.८० अंकले बजार घट्दा अर्ब ७९ करोड ७९ लाख ८६ हजार ५ सय ८३.२५ रुपियाँ बराबरको कारोबार भएको थियो ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल