Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

शेयर बजारमा ५०.०४ अंकको उछाल, १५ कम्पनीबाहेक सबैको मूल्य बढ्यो

काठमाडौं । शेयर बजार उच्च अंकले बढ्दा कारोबार रकम डेढ अर्ब नाघेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेका अनुसार आज बजार ५०.०४ अंकले बढेको हो । २.५६ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक पुनः २००२.७० अंकमा उक्लिएको छ ।
आज २६२ कम्पनीका ४५ लाख ६६ हजार ४३ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ५६ करोड ५५ लाख ५८ जहार ८ सय २।९१ रुपियाँको कारोबार भएको हो ।
बजार उच्च अंकले बढ्दा शुभम पावर, नेपाल इन्स्योरेन्स, शिवश्री हाइड्रो, अभियान लघुवित्त र जोशी हाइड्रोको शेयर मूल्य क्रमशः ९.९८, ९.४४, ८.५२, ७.५९ र ७.४३ प्रतिशतले बढ्यो ।
त्यसैगरी सबैभन्दा बढी सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम २ का लगानीकर्ताले ५.८१ प्रतिशतले घाटा व्यहोरेका छन् । आज १५ कम्पनीबाहेक सबैको शेयर मूल्य बढेको छ ।
नेप्सेका अनुसार शिवम् सिमेन्टको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ७ करोड ८५ लाख ८८ हजार ३ सय १७.५० रुपियाँ बराबरको कारोबार भएको हो ।
साताको पहिलो दिन आइतरबार बजार ३०.७७ अंकले तल झर्दा १ अर्ब ३९ करोड २३ लाख ५४ हजार ८ सय ९३.४८ रुपियाँ र मंगलबार १४.४१ अंकले बजार बढ्दा १ अर्ब २० करोड ४४ लाख ९ हजार ४ सय ११.६२ रुपियाँ बराबरको कारोबार भएको थियो । यो साताको सोमबार होली पर्वका र हिजो बुधबार नारी दिवसको बिदाका कारण बजार बन्द रहेको थियो ।


सम्बन्धित समाचार

आजबाट धरहरा चढ्दा २०० लाग्ने

२०८१ मंसिर ९

ताजा नेपाल

रविको म्याद चौथो पटक थपिँदै

२०८१ मंसिर ९

ताजा नेपाल