Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

शेयर बजारमा ५ अंकको सुधार, तीन अर्ब १६ करोडको कारोबार

काठमाडौं । उतारचढावका बीच साताको अन्तिम दिन आज पनि शेयर बजार बढेको छ । यो साता पाँचै दिन बजार बढेको हो ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५ अंकले बढेको हो । ०.२५ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २०४२.०७ अंकमा पुगेको छ ।
आज २७० कम्पनीका ७८ लाख ९६ हजार ४ सय ७८ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब १६ करोड २८ लाख १० हजार ८ सय ४३.५८ रुपियाँ बराबरको कारोबार भएको हो ।
आज सिटी होटल लिमिटेडका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.९७ प्रतिशतले नाफा कमाएका छन् भने भूगोल इनर्जीका लगानीकर्ताहरुले सबैभन्दा बढी ५.८६ प्रतिशतले घाटा व्यहोरेका छन् ।
नेप्सेका अनुसार आज पनि शिवम् सिमेन्टको उच्च कारोबार भएको छ । उक्त कम्पनीको १७ करोड ९३ लाख ४६ हजार १५.५० रुपियाँ बराबरको कारोबार भएको हो ।
साताको पहिलो दिन आइतबार बजार ४०.४८ अंकले बढ्दा ३ अर्ब ४५ करोड ४३ लाख ४४ हजार ५ सय ६३.९१ रुपियाँ, सोमबार ७.७९ अंकले बजार बढ्दा २ अर्ब ८८ करोड ६५ लाख ९ हजार ४ सय १५.६९ रुपियाँ, मंलगलबार ३४.१७ अंकले बजार बढ्दा ४ अर्ब १२ करोड ६६ लाख ९५ हजार ९ सय ४३.९७ रुपियाँ र हिजो बुधबार १६.४२ अंकले बजार बढ्दा ५ अर्ब १ करोड ७८ लाख ७ हजार ६सय ८२.८० रुपियाँ बराबरको कारोबार भएको थियो ।


सम्बन्धित समाचार

आजबाट धरहरा चढ्दा २०० लाग्ने

२०८१ मंसिर ९

ताजा नेपाल

रविको म्याद चौथो पटक थपिँदै

२०८१ मंसिर ९

ताजा नेपाल