Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । लगातार घटिरहेको शेयर बजारमा आज भने झिनो सुधार देखिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५.१६ अंकले बढेको हो । ०.२७ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १८९४.७६ अंकमा उक्लिएको छ ।
आज २८६ कम्पनीका ३७ लाख ३३ हजार ५ सय २४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८ करोड ८५ लाख ४७ हजार ९ सय ८०.१३ रुपियाँ बराबरको कारोबार भएको हो ।
विभिन्न ५ कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत भन्दा बढी नाफा कमाएका छन् । सिटी होटल, माण्डु हाइड्रो, हाथवे इन्भेष्टमेन्ट, समता घरेलु लघुवित्त र सयपत्री हाइड्रोका लगानीकर्ताहरुले क्रमशः १०, ९.९९, ९.९९, ९.९२ र ९.८५ प्रतिशतले नाफा कमाएका हुन् । माण्डु हाइड्रो र हाथवे इन्भेष्टमेन्टको कारोबार आजदेखी शुरु भएको हो ।
त्यस्तै सानिमा जीआईसी इन्स्योरेन्सका लगानीकर्ताहरुले सबैभन्दा बढी ४.२१ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज माण्डु हाइड्रोको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ४ करोड ८० लाख ९० हजार ८ सय १६ रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
साताको पहिलो दिन आइतबार बजार ३५.६७ अंकले घट्दा १ अर्ब ८० करोड १७ लाख ६६ हजार २ सय ९४.०८ रुपियाँ, सोमबार १२.५८ अंकले बजार घट्दा १ अर्ब १७ करोड १ लाख ७२ हजार ७ सय २२.०८ रुपियाँ र हिजो मंगलबार १९.०६ अंकले बजार घट्दा १ अर्ब २८ करोड ३१ लाख ८२ हजार १ सय ४५.३२ रुपियाँ बराबरको कारोबार भएको थियो ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल