Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । शेयर बजार आज पनि ओरालो झरेको छ ।
आज नेप्से ९.१८ अंकले घटेको हो । ०.४९ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १८५७.२३ अंकमा ओलिएको हो ।
आज २६५ कम्पनीका २१ लख ५५ हजार ५ सय ८६ कित्ता शेयर किनबेच हुँँँँदा ६२ करोड २ लाख ६६ हजार १६.८८ रुपियाँ बराबरको कारोबार भएको हो ।
आत्मनिर्भर लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी ६.०९ अंकले नाफा कमाएका हुन् । त्यसैगरी एनआईबीएल ग्रोथ फण्डका लगानीकर्ताहरुले सबैभन्दा बढी ५.३५ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज शिवम् सिमेन्टको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ३ करोड ५ लाख ३ हजार ४ सय ९८.३० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन आइतबार बजार १९.११ अंकले घट्दा ९५ करोड ४३ लाख २२ हजार ३ सय ७७।९४ रुपियाँ बराबरको कारोबार भएको भएको थियो । हिजो मंगलबार ४.२७ अंकले बजार घट्दा ९ करोड २२ लाख ७१ हजार ७ सय ५५।१९ रुपियाँ बराबरको कारोबार भएको थियो । सोमबार मई दिवसको बिदाका कारण बजार बन्द रहेको थियो ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल