Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

शेयर बजारमा ९.२५ अंकको सुधार, बढेन कारोबार

काठमाडौं । शेयर बजारमा उतारचढाव चलिरहेको छ । बजार आज झण्डै दोहोरो अंकले बढे पनि कारोबार रकममा भने बढोत्तरी हुन सकेन । हिजो घटेको बजारमा अघिल्लो दिन भने झिनो सुधार देखिएको थियो ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ९.२५ अंकले बढेको हो । ०.४४ प्रतिशतले बढ्दा नेप्से परिसूचक २०८६.८४ अंकमा उक्लिएको छ ।
आज २६९ कम्पनीका ९३ लाख ६१ हजार ७ सय ८६ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८१ करोड २४ लाख ७३ हजार ८ सय ५६.१३ रुपियाँ बराबरको कारोबार भएको हो ।
आरबीबी म्युचुअल फण्ड १ का लगानीकर्ताहरुले सबैभन्दा बढी ४.१४ प्रतिशतले नाफा कमाउँदा प्रभु स्मार्ट फण्डका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज शिवम् सिमेन्टको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ११ करोड १९ लाख ३ हजार ५ सय १९.५० रुपियाँ बराबरको शेयर किनबेच भएको हो ।
साताको पहिलो दिन आइतबार बजार २६.१४ अंकले घट्दा २ अर्ब ५० करोड २८ लाख ८६ हजार ५ सय २७.८७ रुपियाँ, सोमबार बजार ५.८४ अंकले बढ्दा १ अर्ब ८५ करोड ८० लाख २ हजार १ सय ७५.७३ रुपियाँ र हिजो मंगलबार २८.५९ अंकले बजार घट्दा १ अर्ब ९२ करोड ४४ लाख ३४ हजार ८ सय ९९.९० रुपियाँ बराबरको कारोबार भएको थियो ।


सम्बन्धित समाचार