Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । शेयर बजार फेरि घटेको छ । आज नेप्से दोहोरो अंकले ओरालो झरेको हो ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज आज बजार १९.४२ अंकले घटेको छ । ०.९५ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०१०.३५ अंकमा ओर्लिएको छ ।
आज २८५ कम्पनीका ९० लाख ३ हजार ९ सय ४१ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३२ करोड ६८ लाख ९५ हजार २ सय ६.९९ रुपियाँ बराबरको कारोबार भएको हो ।
समग्रमा बजार घटे पनि आज विभिन्न ३ कम्पनीमा पोजेटिभ सर्किट लागेको छ । स्वरोजगार लघुवित्त, हिमालयन लघुवित्त र एशियन हाइड्रोका लगानीकर्ताहरुले १०–१० प्रतिशतले नाफा कमाएका हुन् । त्यस्तै थ्री स्टार हाइड्रोको शेयरधनीहरुले ९.७३ प्रतिशतले नाफा कमाए ।
यता, शुभम पावरका लगानीकर्ताहरुले १० प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज माछापुच्छ्रे बैंकको उच्च कारोबार भएको छ । उक्त बैंकको १३ करोड २४ लाख ९८ हजार ९ सय ५०.२० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जानकारी दिएको छ ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल