Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

शेरधनले देखे बल्ल राजनीति कोभिड

विरातनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले स्वास्थ्यमा मात्र नभई राजनीतिक क्षेत्रमा पनि कोभिड संक्रमण देखिएको बताएका छन् । प्रदेशसभाको आठौं अधिवेशन तथा बजेट अधिवेशनको पहिलो बैठकलाई सोमबार सम्बोधन गर्दै मुख्यमन्त्री राईले उक्त राजनीतिक कोभिडले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी नेकपालाई निलेको टिप्पणी गरेका छन् ।

उनले अहिले पनि त्यो कोभिडको संक्रमण जारी रहेको बताउदै नेपाली राजनीतिमा पनि नयाँ प्रकारको कोभिड देखियो, तत्कालीन नेकपाभित्र देखियो । केन्द्रबिन्दु धुम्बाराही काठमाडौं कोभिड १९ त बिस्तारै फैलिएको थियो । तर त्यो राजनीतिक कोभिड तीव्र गतिमा फैलियो, सिधै सबै प्रदेश र स्थानीय तहमा फैलियो, कसैलाई बाँकी राखेन । उनले प्रदेश १ प्रदेशसभा र आफूहरु पनि त्यो कोभिडबाट प्रभावित भएको बताए । दुवै खालका कोभिडबाट पाठ सिकेर अघि बढ्नुपर्ने अवस्था रहेको उनले बताएका हुन् ।

संघीयता शिशु अवस्थामा छ रहेको र यसलाई हुर्काउने, बढाउने तथा दरिलो गतिमा उभ्याएर रेलको गतिमा दौडाउने जिम्मेवारी आफूहरुको काँधमा रहेको पनि उनले जिकिर गरेका छन् । उनले आफूले प्रदेशसभालाई छलेको नभई कोभिड महामारीका कारण बैठक नबोलाएको प्रस्ट पारेका छन् ।


सम्बन्धित समाचार