Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

श्रम मन्त्रालयले भन्यो, कोरियामा मौसमी कामदार पठाउने सम्झौता भएको छैन

काठमाडौँ । कोरियामा मौसमी कामदारले पनि अवसर पाउने बजारमा हल्ला चलिरहेको बेला श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दक्षिण कोरियासँग मौसमी कामदार पठाउने कुनै पनि सम्झौता नभएको जनाएको छ । कोरियासँग रोजगार अनुमति प्रणाली (ईपीएस) मा नेपाली कामदार पठाउने सम्झौता मात्रै कार्यान्वयनमा छ । श्रम प्रवक्ता डण्डुराज घिमिरेको हस्ताक्षरसहितको मौसमी कामदार लैजाने प्रक्रिया सुरु भएको भन्दै नक्कली सूचना सामाजिक सञ्जालमा भेटिएपछि श्रम मन्त्रालयले मौसमी कामदार पठाउने सम्झौता कोरियासँग नभएको पुष्टि गरेको हो । नक्कली सूचनामा कार्तिक २२ सम्ममा १२ हजार नेपाली कामदार पठाउन कोरियासँग सम्झौता भएको उल्लेख छ । श्रम मन्त्रालयले सामाजिक सञ्जालहरूमा प्रसारित नक्कली प्रेस विज्ञप्तिमा विश्वास गरी अनावश्यक रूपमा भ्रममा नपर्न आग्रह गरेको छ । आधिकारिक निकायको अनुमतिबिना सामाजिक सञ्जालमा वैदेशिक रोजगारसम्बन्धी विषयमा प्रचारप्रसार गरी सर्वसाधारणमा भ्रम सिर्जना नगर्नसमेत सम्बन्धित सबैमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय जानकारी गराउँछ, बिहीबार मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । श्रम मन्त्रालयले प्रवक्ता–सहसचिव डण्डुराज घिमिरेको हस्ताक्षरसहितको लेटरप्याडको दुरुपयोग गरी दुष्प्रचार गरी भ्रम सिर्जना गर्नेलाई अनुसन्धान तथा कारबाहीको प्रक्रिया’ सुरु गरिएको जानकारी दिएको छ ।


सम्बन्धित समाचार