Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

श्रीमतीका हत्यारा श्रीमान सहित ४ जना प्रकाऊ !

विराटनगर । मोरङ प्रहरीले श्रीमती हत्याको अभियोगमा श्रीमानसहित परिवारका चार जनालाई नियन्त्रणमा लिएको छ । मोरङको रंगेली नगरपालिका–३ की २४ वर्षे अनिता यादवको हत्या अभियोगमा श्रीमान बेचन यादव, ससुरा, सासु र देवर विनोद यादवलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिएका छन् ।

अनिताको आज बिहान रङ्गेली–३ स्थित तिलुवा चोक नजिकको नहरमा शव फेला परेको थियो । घरदेखि करिब डेढ किलोमिटर दक्षिणमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा अनिताको शव फेला परेपछि घटनाको अनुसन्धानका लागि अनिताका श्रीमानसहित परिवारका अन्य सदस्यलाई नियन्त्रणमा लिएको एसी खड्काले बताएका छन् ।

उनले घटनास्थलमा प्रहरीको विशेष टोली परिचालन गरेर गम्भीर रुपले घटनाको अनुसन्धान थालेको पनि जानकारी दिएका छन् । तर पनि अहिले नै उनको कसले हत्या गरेको हो भन्ने बारेमा अनुसन्धानपछि मात्र भन्न सकिने उनले बताएका छन् ।


सम्बन्धित समाचार

ट्रम्पको चीन भ्रमण अन्योलमा

२०८२ चैत्र ४

ताजा नेपाल

आफ्नै मान्यलाई रविले दिए चेतावनी

२०८२ चैत्र ४

ताजा नेपाल

सिटौलाको आकांक्षामा तँगारो

२०८२ चैत्र ४

ताजा नेपाल