Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

श्रीमानको हत्या अभियोगमा पक्राउ

वर्दिया । श्रीमान ५२ वर्षीय समला दरैको हत्या गरेको अभियोगमा बाँसगढी नगरपालिका-६ बस्ने ५० वर्षीया दिलमाया दरैलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
दिलमायाले आफ्नै श्रीमानको हत्या गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय वर्दियाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा बाँके खजुरा गाँउपालिक-७ गुनाना भन्ने स्थानमा फेला पारी पक्राउ गरेको हो ।
दिलमायाउपर कर्तब्य ज्यान मुद्धामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय वर्दियाले जनाएको छ ।


सम्बन्धित समाचार