Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

श्रीमान् फैसला राम्रो गर्ने कि, अरुलाई नबोला भन्ने ?

काठमाडौं । आफू लाजमर्दो काम गर्ने अनि अरुले कुरी कुरी भन्दा किन त्यसो भनेको भनेर भन्न मिल्छ ? सर्वोच्चका निर्णय नीतिसंगत थिए भने कसले प्रश्न उठाउँथ्यो ? काम राम्रो गर्ने कि हामीमाथि प्रश्न नगर भनेर तर्साउने ? अदालतमा विचाराधीन अवस्थामा रहेको मुद्दाको काम कारवाही र न्याय सम्पादन प्रक्रियामा प्रभाव पार्ने गरी समाचारको प्रवाह वा टीकाटिप्पणी नगर्न सर्वोच्च अदालतले आग्रह गरेको छ । सर्वोच्च अदालतमा प्रवक्ता भद्रकाली पोखरेलले जारी गरेको प्रेस विज्ञप्तिमा न्यायपालिका आम नागरिकको आस्था, विश्वास र भरोसाबाट जीवन्त हुने संस्था भएको हुँदा काम कारवाहीका बारेमा भ्रम सिर्जना हुने गरी समाचार प्रवाह वा टीकाटिप्पणी नगर्न अनुरोध अनुरोध गरिएको छ । साथै, न्यायायापालिकाको मर्यादा र गरिमामा आँच आउन सक्नेतर्फ पनि ध्यान दिन भनिएको छ । स्वतन्त्र, निष्पक्ष, सुदृढ र सक्षम न्यायपालिका एवं विधिको शासनको सुनिश्चितता तथा न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धिमा अदालत सदैव गम्भीर, सचेत र संवेदनशील एवं पूर्णरुपमा प्रतिबद्ध रहेको उल्लेख छ । “लोकतान्त्रिक विधि र पद्धतिमा राज्यका हरेक पेसा र व्यवसायको न्यूनतम आचारसंहिता हुने र सार्वजनिक निकायको जवाफदेहितासरहको महत्व त्यस प्रकारका पेशागत आचारसंहिता पालनाको समेत रहने गर्दछ, विज्ञप्तिमा भनिएको छ ।