Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

श्री समाजमा प्याकुरेलको टिम

काठमाडौं । नौ वर्षको अवधिमा टोखा नगरपालिका वडा नं. ५ स्थित श्री समाजको विशेष साधारणसभा वैशाख १९ मे दिवसका दिन सम्पन्न भयो । कानुनी रूपमा हरेक ३ वर्षमा साधारणसभाले नेतृत्व छनोट गर्नु पर्ने हुन्छ । जिल्ला प्रशासन कार्यालयको निर्देशनमा तोकिएकै दिन सम्पन्न विशेष साधारणसभा सम्पन्न गर्न गठित निर्वाचन समितिको कमजोरीको कारण विशेष साधारणसभाको रौनक थिएन । त्यस्ता सभाहरूमा संस्थागत अवस्था, आर्थिक स्थितिका बारेमा आयोजकले सत्य र तथ्य जानकारी दिनु पथ्र्यो । निर्वाचन गराउन खडा भएको समिति थापना मात्र हुँदा तदर्थ समितिका संयोजकले आफ्नो हैसियत अनुसार संस्थाको कार्य विवरण प्रस्तुत गरेर निर्वाचन समिति दर्शक भयो । निर्वाचनको कानुनी पालना समेत त्यहाँ भएन । स्थानीय संघ संस्था, ऐन अनुसार दर्ता भएका सामाजिक संस्थाहरूमा राजनीतिक गन्ध देखिनु हुँदैन । तर श्री समाजमा नेपाली काँग्रेस र एमालेका कार्यकर्ताहरूबीचमा टिम बनाएर उम्मेदवारी दिने पुरानो चलनमा यस पटक राष्ट्रिय स्वतन्त्र पार्टीका हर्ताकर्ता खेल्न सफल भए । पुरानो एमाले भएका कारण रास्वपाको खेलमा काँग्रेस र एमालेकै कार्यकर्ता दुई कित्तामा भड्किँदा कुनै दलमा आवद्ध नभएका कृष्ण प्याकुरेल अध्यक्ष पदमा विजयी भए । प्याकुरेल पहिला पनि अध्यक्ष भएका थिए । श्री समाजको सटरहरूको भाडा कुनको कति छ कसले तिर्छ, कसले कित कहिलेबाट तिर्दैन, भाडा नतिर्ने कति छन् जस्ता कुराको त्यहाँ खोजी भएन । लाजकै पसारो समाजका पूर्व अध्यक्ष नै निर्वाचन समितिमा थिए, उनको शब्द सहभागीले सुन्न परेन । निर्वाचन विधि के हो ? कसरी निर्वाचन गरिन्छ ? संस्थाका प्रतिनिधिहरूको दायित्व के हो ? भद्रगोलका बीचमा निर्वाचन हुँदा प्याकुरेल अध्यक्ष भए, निकटतम प्रतिद्वन्द्वी एमाले कार्यकर्ता प्रेम सुनुवार भूमरीमा परे । टोखा नगरपालिका कार्यकारी सदस्य समेत रहेका सुनुवार आफू जालझेलमा फसेको पत्तै पाएनन् ।
टोलका पढेलेखेका बुद्धिजीवी भनाउँदाहरू गफ चुट्न जति सक्षम छन् त्यो रूपमा श्री समाजको इज्जत बचाउनका लागि त्यो संस्थाभित्रको विकृति खोतल्न ९ वर्षदेखिको आर्थिक स्थिति बुझ्न जागरुक भएनन् । टोल समाजमा गफ गर्दा आकाशको तारा खसाल्ने गफ चुट्ने चिया पसलमा समाजको समीक्षा गर्ने थुप्रै हुन्छन् । पर्दा पछाडि सुदेवजंगको उछित्तो काड्ने सन्मुखमा पर्दा कमी कमजोरी देखाउन नसक्ने नारदहरूको बाहुल्यता श्री समाजमा छँदैछ । नयाँ नेतृत्वले समाजप्रतिको बिग्रदो विश्वास जगाउने भनेको अब कुन सटरको भाडा कति ? खर्च कति ? समाजले टोलको हितमा के ग¥यो ? के गर्नुपर्छ जस्ता कुरा छर्लङ्ग बनाउन सक्नुपर्छ । स्थानीय ऐनअनुसार अब समाजको सम्पत्ति नगरको नियन्त्रणमा जाँदैछ । नेतृत्वले विगतमा के भयो त्यो छोड्ने होइन । संस्थागत आम्दानी मासिक यति, खर्च यति भन्ने कुरा त्यस्ता समितिहरूले हरेक वर्ष आफ्नै सूचना पार्टीमा राख्नु पर्दछ । जिल्ला प्रशासन कार्यालयलाई संस्थागत रूपमा बुझाउनुपर्छ । समाजकै सम्पत्तिमा नयाँ पाइला बचत सहकारी छ । समाजभित्रै खेलकुदको बास्केटबल कोर्ड छ, ब्याडमिन्टन भवन छ । बालबालिकालाई तेक्वान्दो सिकाइन्छ । टोखा नपा वडा नं. ५ को कार्यालय छ । नगरपालिकाले वार्षिक रूपमै संघ संस्थाको लागि बजेट छुट्याउँदा बितेका वर्षमा श्री समाजले नगरपालिकाबाट कति खजेट ल्यायो ? कहाँ खर्च ग¥यो ? भवनका कोठा कस्ता संस्थाले प्रयोग गरेका छन् ? त्यसको विवरण समेत विशेष साधारणसभाको जानकारी मुलुक विषय बन्न पाएन । सो वडाका अध्यक्षनै निर्वाचन समितिका संयोजक थिए । निर्वाचन मण्डलमा रहेको टिमको नालायकीपनका कारण टोलमै आलोचित समाजमा लज्जीत भएको ९ वर्षे टिम बिदा भयो । तर त्यहाँ डा. गोपीलालको पिएचडी र महेन्द्रको प्रशासनिक क्षमता देखिएन । कृष्ण प्याकुरेल अध्यक्ष, राजेन्द्र थपलिया निर्विरोध उपाध्यक्ष, कल्पना घिमिरे महासचिव, एक कुमारी लम्साल कोषाध्यक्ष, अन्जना बोहोरा सहकोषाध्यक्ष र माधव सापकोटा सहसचिव निर्वाचित भएका छन् भने सदस्यहरूमा कमल बुढाथोकी, अनिस श्रेष्ठ, राधा भुसाल, रामकृष्ण थापा, यशोदा गिरी छन् । ११ जनाको नयाँ टिमलाई सुदेवजंग पण्डितले कार्यभार हस्तान्तरण गरेका थिए ।