Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

श्रेष्ठले किन अस्वीकार गरे अध्यक्ष

काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष सरकारले पूर्वमहान्यायाधिवक्ता रमणकुमार श्रेष्ठलाई नियुक्त गर्ने चर्चा चलिरहेका बेला सो पद आफूलाई स्वीकार्य नहुने उनले बताएका छन् । पूर्वमहान्यायाधिवक्ता श्रेष्ठले भने आफूलाई सो पद अस्वीकार्य भएको बताइसकेका छन् । आफूसँग कुनै सरसल्लाह नै नगरी गरिएको निर्णय आफूलाई स्वीकार्य नभएको बताएका हुन् ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी र प्रमुख विपक्षी नेपाली कांग्रेसका शीर्ष नेताहरुको बालुवाटारमा बसेको बैठकमा सत्य निरुपणमा श्रेष्ठको नाममा सहमति जुटेको बताइन्छ । बैठकमा अधिवक्ता गोविन्द बन्दी र डा. सूर्य ढुंगेलको नाममा सहमतिको प्रयास गरिएपनि बन्दीलाई अध्यक्ष बनाउन कांग्रेस र ढुंगेललाई नेतृत्व दिन नेकपाका नेताहरु तयार नभएपछि रमणकुमार श्रेष्ठको नाममा सहमति जुटेको स्रोतले बतायो ।
२०७४ को चुनाव अगाडि कांग्रेस र तत्कालीन माओवादीको संयुक्त सरकार भएका बेला उनी महान्यायाधिवक्ता थिए । वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा भने पुरानै पदाधिकारीको टिम आउने भएको छ । संक्रमणकालीन न्यायिक संयन्त्रका दुई आयोग पुनर्गठनबारे सहमति जुटाउन प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा दुबै आयोगका पदाधिकारीबारे सैद्धान्तिक सहमति जुटाएको हो । वेपत्ता छानविन आयोगमा पूर्वन्यायाधीश लोकेन्द्र मल्लिकको टोली नै दोहोरिने भएको छ । यद्यपि यसबारे पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा रहेको सिफारिस समितिले नाम पठाएपछि मन्त्रिपरिषद्ले निर्णय गर्नेछ । प्रधानमन्त्री निकट स्रोतका अनुसार ‘सम्भवत प्रधानमन्त्री सिंगापुरबाट फर्किएपछि मात्र निर्णय हुनेछ ।


सम्बन्धित समाचार

नेप्से २४.३९ अंकले बढ्यो

२०८१ बैशाख ३१

ताजा नेपाल

मोडलिङमा मोहित बनेका शाही

२०८१ बैशाख ३१

ताजा नेपाल