Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

श्रोत थुनिँदा वामदेवलाई पीडा

काठमाडौं । कम्युनिष्टको नाउमा सत्तामा जाँदा गृहमन्त्रालय नै खोज्ने वामदेव गौतम यो बेला पीडामा छन्, जुन बेला केपी ओलीले आफ्नो योग्यता, दीपक भट्ट र सुलभ अग्रवालका सदस्यहरूले खोल्छन् कि भन्दै महासेठ विष्णु पौडेलको पक्राउ निन्दनीय भन्दैछन् । सहमतिमा गरेका कुराको छानविन हुँदैन भन्ने उपमहासचिव योगेश भट्टठराईले पटक पटक गरी ३० प्रतिशत घुस मन्त्रीले भनेको खातामा दिएपछि अर्थमन्त्रीले बजेट दिने गरेको बताएका छन् । एमालेका धनकुवेर विष्णु पौडेल पक्राउपछि उनले पत्रकार टीकाराम यात्रीलाई दिएको अन्तर्वार्तामा बताएको प्रसंग हो यो । नेकपा नेता वामदेवको छोरा समानका दीपक भट्ट पक्राउ गर्नुमा उनी दोषी होइनन् । एमालेकै अर्जुन प्रसाईको भनाईमा भट्टले प्रहरीमा आईजीपीको आदेश लत्याएर सामान खरिदका ठेक्का लिन्थे । वामदेव गृहमन्त्री हँुँदा भट्ट शासक थिए । आज केपी ओली प्रचण्ड जस्ता धतुरेहरूले भट्टको कुरा लत्याउने आँट गर्दैनथे किनकि भट्ट राष्ट्रिय उद्योगी बन्न जहाँ जस्तो पर्छ त्यही गर्न तयार थिए । विष्णु पौडेल जस्ता लुटाहालाई अदालतबाट छुटाए हुन्छ । अदालतमा यिनै झोले न्यायाधीश प्रसाई भन्छन् ।
संसदको लेखा समिति भनेकै राज्य लुट्ने अखडा हो । जहाँ दिपक भट्टका योजनामा काम हुन्थे । समितिको सभापति जो सुकै होस् । जनताका नाममा सपथ लिएर नेताले खाए तर भट्टले त्यस्तो सपथ गरेनन् । सार्वजनिक रूपमा नेताका कुरा बाहिर आउने डर तिनलाई छ जो भट्टको पैसा अनुसारका निर्णय गर्थे । सबै दलका नेता किनेर काम लिनु व्यवसायीको सफलता हो । कम्युनिष्टको नाउमा धेरै खाने केपी नै थिए । झोले न्यायाधीशबाट विष्णु पौडेललाई छुटाए हुन्छ । राजाका पालामा वरिष्ठ अधिवक्ता विश्वकान्त मैनालीको सहयोगमा विद्यार्थी तथा राजनीतिकर्मी छुटेकै थिए, प्रसाई भन्छन् । वामदेव गृहमन्त्री बन्दा भट्टका काम कुनै रोकिएनन् ।


सम्बन्धित समाचार

प्रचण्डलाई सुताउने थाङ्नो तयार

२०८३ श्रावण ६

ताजा नेपाल

विपक्षी कमजोर बन्दा जनआवाज दब्यो

२०८३ श्रावण ६

ताजा नेपाल