Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

श्वेता श्री फाउन्डेसनलाई सहयोग

काठमाडौँ । माछापुच्छे« बैङ्कले श्वेता श्री फाउन्डेसनद्वारा सिन्धुपाल्चोकमा निर्माणाधीन एकीकृत नमुना माझी बस्तीलाई आर्थिक सहयोग गरेको छ । बैङ्ककोे संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले श्वेता श्री फाउन्डेसनकी अध्यक्ष नायिका श्वेता खड्कालाई रू. ७ लाख रूपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
श्वेता श्री फाउन्डेसनले भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोक जिल्लाको चौतारा, साँगाचोकमा माझी बस्तीको लागि ५३ वटा भूकम्प प्रतिरोधात्मक घरहरू निर्माण गरिरहेको छ । ५३ वटा भूकम्प प्रतिरोधात्मक आवाससहित अन्य पूर्वाधारको समुचित व्यवस्थापन गरी एकीकृत नमुना बस्तीको निर्माण गरिरहेको श्वेता श्री फाउन्डेसनलाई आवश्यक अन्य पूर्वाधार निर्माणमा सहज होस् भन्ने उद्देश्यले माछापुच्छ«े बैङ्कले रू. ७ लाख आर्थिक सहयोग गरेको हो । अहिलेसम्म ५३ वटा आवास निर्माणको कार्य सकिए तापनि आर्थिक अभावका कारण सडक, बालबगैँचा, स्वास्थ्य चौकी, रिटेनिङ वाल लगायत अन्य आवश्यक पूर्वाधारहरू निर्माणको काम अगाडि बढ्न कठिनाइ देखिएका कारण बैङ्कले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको हो ।
माछापुच्छे« बैङ्कले आफ्नो संस्थागत सामाजिक उत्तदायित्वअन्तर्गत सुरक्षा निकायका विभिन्न अङ्गहरूलाई भौतिक सहयोग तथा दैवी प्रकोपबाट प्रभावितहरूको उद्धार तथा पुनस्र्थापनामा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ भने देशका विभिन्न स्थानहरूमा वृक्षरोपण, वित्तीय साक्षरतालगायतका कार्यक्रमहरूको आयोजना समेत गर्दै आएको छ ।