Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । बाराको परवानीपुरमा आमाछोराको हत्या भएको घटना अनुसन्धानका लागि प्रहरीले मृतक युवककी पत्नीलाई पक्राउ गरेको छ। परवानीपुर गाउँपालिका १ रहरीया टोलमा गएराति अज्ञात व्यक्तिको धारिलो हतियार प्रहारबाट ५२ वर्षीया सुमित्रा देवी र उनका छोरा ३२ वर्षीय रामेश्वर मण्डलको हत्या भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। धारिलो हतियारले आक्रमण हुँदा मृतक महिलाका पति ५० वर्षीय जगरुप मण्डल र छोरी २८ वर्षीया मनितादेवी घाइते भएका छन्। घाइतेमध्ये जगरुपको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बाराका एसपी नरेन्द्र कुँवरले जानकारी दिए। हाल घटनास्थलमै रहेका परवानीपुर १ का वडाध्यक्ष चौपट महतोले घटनामा बुहारीको संलग्नता हुनसक्ने आशंका छिमेकीहरुले गरेको बताए। घाइते बाबु र छोरीको वीरगन्जस्थित एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले नियन्त्रणमा लिएकी महिला घरकी बुहारीको माइतीघर प्रसौनी गाउँपालिको बन्जरिया हो। उनका १० र ५ वर्षका दुई छोरी छन्। उनीहरु पनि सकुशल छन्। गएराति करिब एक बजे घटना भएको प्रहरीले जनाएको छ। मध्यराति सबै सुतिरहेको बेला पुगेका अज्ञात व्यक्तिले धारिलो हतियारले आक्रमण गरेर आमाछोराको हत्या गरेका हुन्। आक्रमणकारीको पहिचानको प्रयास भइरहेको एसपी कुँवरले बताए।
२०८२ फाल्गुन २४
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल