Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकले निकास पाउला त ?

काठमाडौं । सभामुख देवराज घिमिरेको कार्यकक्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । भेटमा प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओली, र ओली र देउवाबीच संक्रमणकालीन न्याय सम्बन्धी संसद्मा पेश भएको विधेयकको सम्बन्धमा छलफल भएको थियो । उक्त विधेयकलाई फास्ट ट्रयाकमा लैजाने विषयमा छलफल भएको बताइएको छ । छलफलका क्रममा एमाले अध्यक्ष ओलीले विधेयक कुनै न कुनै समितिमा लैजानुपर्ने अडान लिएका छन् । छलफलपछि बाहिरिएका अध्यक्ष ओलीले सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै विधेयक समितिमा पठाउन पर्ने अडान कायमै राखेको बताए । गत पुष १० गते बनेको सत्ता समीकरण टुटेपछि तीन शीर्ष नेताहरु पहिलो पटक संयुक्त छलफलमा जुटेका हुन् ।