Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

संक्रमणपछि नयाँबानेश्वरका तीन घर सिल

काठमाडौं । कालिमाटीमा कार्यरत प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनको निवासस्थल काठमाडौँ महानगरपालिका–१० नयाँबानेश्वरका तीन घर सिल गरिएको छ । प्रहरीको निवास नयाँबानेश्वरस्थित भरोसा अस्पताल पछाडि रहेकाले त्यस क्षेत्रका तीन घर सिल गरी ट्रेसिङ भइरहेको वडा सदस्य नरोज अर्यालले जानकारी दिए । ट्रेसिङ गरिएकाको एक हप्तापछि मात्र स्वाब सङ्कलन गरिने भएको छ । ट्रेसिङ गर्न, स्वाब सङ्कलन गरी परीक्षणपछि प्रतिवेदन आउन एक हप्ताभन्दा बढी लाग्ने भएपछि वडावासीले लामो समय त्रासमा बिताउनुपरेको उनले बताए । सङ्क्रमितको सम्पर्कमा आएका मानिसमा कम्तीमा सात दिनपछि मात्र लक्षण देखिने भएकाले समय लिएर स्वाब सङ्कलन गर्ने गरिएको जनाइएको छ ।


सम्बन्धित समाचार