Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । देशैभरि कोरोना कहर चर्किएको बेला गण्डकी प्रदेशमा कोरोनाभाइरसको संक्रमण दिन प्रतिदिन तीव्र बन्दै गएको छ । संक्रमणको रफ्तार कम गर्ने उद्देश्यले अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरे पनि संक्रमण दर घट्न सकेको छैन । प्रदेशमा हालसम्म कोभिड–१९ अर्थात् कोरोनाभाइरसबाट ३४ हजार ५८२ जना संक्रमित भएका छन् । तीमध्ये १० हजार २८४ जना सक्रिय संक्रमित छन् । हालसम्म प्रदेशमा ५३१ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छने । तीमध्ये ३४७ पुरुष र १८४ महिला छन् ।
जिल्लागत रुपमा प्रदेशमा सर्वाधिक प्रभावित जिल्ला कास्की हो । कास्कीमा अहिलेसम्म १६ हजार ४६५ जनामा संक्रमण देखिएको छ भने सक्रिय संक्रमितको संख्या ३ हजार ३१८ जना छ । कास्कीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २५२ पुगेको छ । त्यसपछि नवलपरासी पूर्व बढी प्रभावित देखिन्छ । त्यहाँ अहिलेसम्म ४ हजार ५४ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये २ हजार ७९८ जना निको भइसकेका छन् । सो जिल्लामा हाल १ हजार २१९ सक्रिय संक्रमित छन् भने ३७ जनाको मृत्यु भएको छ । स्याङ्जामा हालसम्म २ हजार ५०३ जनामा संक्रमण देखिएको छ भने १ हजार २५३ जना निको भइसकेका छन् । त्यहाँ १ हजार १७९ जना सक्रिय संक्रमित छन् भने ७१ जनाको मृत्यु भएको छ । यस्तै बागलुङमा हालसम्म २ हजार ७२४ जनामा संक्रमण देखिएकोमा १ हजार ५६३ जना निको भइसकेका छन् । त्यहाँ १ हजार १३५ सक्रिय संक्रमित छन् भने भने २६ जनाको मृत्यु भएको छ । म्याग्दीमा हालसम्म १ हजार ४९९ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ४८० जना निको भइसकेका छन् ।
म्याग्दीमा सक्रिय संक्रमितको संख्या ९९६ छ भने २३ जनाको मृत्यु भएको छ । पर्वतमा हालसम्म १ हजार २०१ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ६६१ जना निको भइसकेका छन् । जिल्लामा हाल सक्रिय संक्रमितको संख्या ५१० छ भने ३० जनाको मृत्यु भएको छ । तनहँुमा तनहँुमा २ हजार ४८८ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये १ हजार ८११ जना निको भइसकेका छन् भने सक्रिय संक्रमितको संख्या ६२३ छ । त्यहाँ ५४ जनाको मृत्यु भएको छ । गोरखामा हालसम्म २ हजार १३८ जनामा कोरोना संक्रमण देखिएकोमा १ हजार १८३ जना निको भइसकेका छन् । त्यहाँ सक्रिय संक्रमितको संख्या ९३१ छ भने २४ जनाको मृत्यु भएको छ । लमजुङमा १ हजार ३१५ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये १ हजार १२ जना निको भइसकेका छन् । जिल्लामा सक्रिय संक्रमितको संख्या २९३ छ भने १० जनाको मृत्यु भएको छ । मुस्ताङमा ११० जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ८० जना संक्रमणमुक्त भएका छन् । जिल्लामा सक्रिय संक्रमितको संख्या ८७ छ भने ४ जनाको मृत्यु भएको छ । मनाङमा ८३ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ३१ जना संक्रमणमुक्त भएका छन् । तर, कोरोना संक्रमणका कारण यस जिल्लामा कसैको पनि मृत्यु भएको छैन । मनाङमा हाल ५२ जनामा सक्रिय संक्रमण छ ।
हालसम्म प्रदेशमा १ लाख ७७ हजार ३१३ जनाको नमूना परीक्षण गरिएको छ । त्यसमध्ये १ लाख ४२ हजार ७३१ जनाको रिपोर्ट नेगेटिभ आएको छ । गण्डकी प्रदेशमा वैशाख ५ यता कोरोना संक्रमणका कारण ३२६ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणको दोस्रो लहर आए पनि प्रदेशमा वैशाख ५ गतेसम्म मृत्युदर शून्य थियो । वैशाख ६ गते संक्रमणकै कारण पोखरामा एकजनाको मृत्यु भयो । त्यस यता भने दैनिकजसो मृतकको संख्या थपिँदै गएको छ । वैशाख ७ मा १ जना र ८ गते २ जनाको मृत्यु भएको थियो । वैशाख ९, १०, ११ र १२ गते प्रदेशमा संक्रमणका कारण कसैको पनि मृत्यु भएन । वैशाख १३ गते ४ जना, १४, १५ र १६ मा २÷२ जनाको मृत्यु भएको थियो । त्यस्तै वैशाख १७ मा ३ जनाको मृत्यु भए पनि १८ गते संक्रमणका कारण मृत्यु हुनेको संख्या शून्य रह्यो । तर १९ गते मृतकको संख्या एक्कासी बढ्यो । त्यसदिन प्रदेशमा संक्रमणका कारण ८ जनाको मृत्यु भएको थियो । वैशाख २० गते संक्रमणका कारण कसैको मृत्यु भएन । २१ गते ३ जना, २२ मा २ जना, २३ मा ४ जना, २४ मा ७ जना, २५ मा ३ जना, २६ मा १२ जना, २७ मा १३ जनाको मृत्यु भयो । त्यसैगरी वैशाख २८ मा १२ जना, २९ मा १६ जना, ३० मा १४ जना र ३१ गते २३ जनाको मृत्यु भयो । जेठ १ मा १४ जना, २ मा २८ जना, ३ मा २४ जना, ४ गते १५ जनाको मृत्यु भएको थियो । जेठ ५ गते प्रदेशमै अहिलेसम्मै धेरै अर्थात् ३० जनाको मृत्यु भयो ।
जेठ ६ गते २४ जनाको मृत्यु भएको छ । यस्तै, जेठ ७ मा १९ जना, ८ मा २१ जना र ९ मा १७ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशमा हालसम्म २३ हजार ८०७ जना संक्रमणमुक्त भएका छन् । त्यसमध्ये १५ हजार २२५ पुरुष र ८ हजार ५४२ जना महिला छन् । प्रदेशमा सबैभन्दा धेरै कास्कीमा १२ हजार ८९५ जना संक्रमणमुक्त भएका छन् । त्यसमध्ये पुरुष ७ हजार ८३८ र महिला ५ हजार ५७ जना छन् । नवलपरासी पूर्वमा २ हजार ७९८ जना संक्रमणमुक्त भएका छन् । त्यसमध्ये १ हजार ८४३ पुरुष र ९५५ जना महिला छन् । त्यस्तै तनहुँमा १८११ जना संक्रमणमुक्त भएका छन् । तीमध्ये १ हजार २४३ पुरुष र ५६८ जना महिला छन् । बागलुङमा १ हजार ९६ पुरुष र ४६७ जना महिला गरी १ हजार ५६३ जना संक्रमणमुक्त भएका छन् । स्याङ्जामा हालसम्म १ हजार २५३ जना संक्रमणमुक्त भएका छन् । तीमध्ये ८८८ पुरुष र ३६५ महिला छन् । गोरखामा ७७० पुरुष र ४१३ महिला गरी हालसम्म १ हजार १८३ जना संक्रमणमुक्त भएका छन् । लमजुङमा १ हजार १२ जना संक्रमणमुक्त भएका छन् । त्यसमध्ये ७०० पुरुष र ३१२ जना महिला छन् । त्यसैगरी पर्वतमा संक्रमणमुक्त भएका ६६१ जनामा ४६१ पुरुष र २०० महिला छन् । म्याग्दीमा हालसम्म ४८० जना संक्रमणमुक्त भएका छन् । त्यसमध्ये ३२० पुरुष र १६० जना महिला छन् । मुस्ताङमा ८० जना संक्रमणमुक्त भएका छन् । त्यसमध्ये ४९ पुरुष र ३१ जना महिला छन् भने मनाङमा हालसम्म ३१ जना संक्रमणमुक्त भएका छन् । तीमध्ये १७ पुरुष र १४ जना महिला छन् । प्रदेशमा हालसम्म १ लाख ७७ हजार ३१३ जनामा परीक्षण गरिएकोमा ३४ हजार ५८२ जनामा संक्रमण देखिएको छ । जसमध्ये २३ हजार ८०७ जना संक्रमणमुक्त भएका छन् । प्रदेशमा होम आइसोलेसनमा ९ हजार ८२ जना रहेको प्रदेश निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ ।
अर्थ मन्त्रालयले थप १२ वटा अस्पतालका लागि ८ करोड १० लाख रुपैयाँ निकासा गरेको छ । राजधानीको त्रिवि शिक्षण अस्पतालसहित उपत्यका बाहिरका विभिन्न १२ अस्पतालहरुलाई अक्सिजन प्लान्ट स्थापना, अक्सिजन ट्यांक, एचडियु जडान र पिसिआर मेसिन खरिदका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत सो रकम उपलब्ध गराएको हो । काठमाडौंको त्रिवि शिक्षण अस्पताललाई ८० लाख, जिल्ला अस्पताल चौतारालाई ७५ लाख, जिल्ला अस्पताल दैलेखलाई ७५ लाख, जिल्ला अस्पाताल धनकुटालाई ७५ लाख, जिल्ला अस्पताल जलेश्वरलाई ७५ लाख, जिल्ला अस्पताल इलामलाई ७५ लाख रुपैयाँ उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ । यस्तै जिल्ला अस्पताल संखुवासभालाई ८० लाख, रामेछाप अस्पतालका लागि ७५ लाख, चौरजहारी अस्पताल रुकुम पश्चिमका लागि ७५ लाख, टिकापुर अस्पताल कैलालीका लागि ७५ लाख, ओखलढुङ्गा अस्पतालका लागि २५ लाख र व्यास अस्पतालका लागि २५ रुपैयाँ रुपैयाँ छुट्याइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माग गरे अनुसार अर्थ मन्त्रालयले कोभिड नियन्त्रण, उपचार तथा रोकथामका लागि आवश्यक सामग्री तथा पूर्वाधारको व्यवस्था गर्न विभिन्न समयमा सहमति दिँदै आएको छ । तर अधिकांश जिल्लाका अस्पतालहरुमा स्वास्थ्य समाग्री पुगेका छैनन् । संघिय सरकार र प्रदेश सरकार बिच तालमेल नहुँदा यो स्थिति सिर्जना भएको हो ।
२०८२ चैत्र ४
ताजा नेपाल
२०८२ चैत्र ४
ताजा नेपाल
२०८२ चैत्र ४
ताजा नेपाल