Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

संक्रमण बढेपछि एसईई र कक्षा १२ को परीक्षा स्थगित

काठमाडौँ । कोरोना संक्रमण बढेपछि राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ । आज बिहान बसेको बोर्ड बैठकले जेठ १३ गतेदेखि सञ्चालनको तयारी भएको एसईई र जेठ २६ गतेबाट हुने भनिएको कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । अर्को सूचना नभएसम्मका लागि दुवै परीक्षा स्थगित गरिएको बोर्डका अध्यक्ष डा। चन्द्रमणि पौडेलले जानकारी दिए । सरकारले पनि परीक्षा नचलाउ भनेको र कोरोना भाइरसको महामारी झन् झन् बढ्दै गएकाले तत्कालका लागि परीक्षा स्थगित गरिएको उनले बताए । जेठ १३ गतेबाट सञ्चालन हुने एसईईका लागि ५ लाख १७ हजार परीक्षार्थी तयारी अवस्थामा थिए । बोर्डले प्रश्नपत्र छपाइको काम पनि सकेको थियो । परीक्षाका लागि देशभर २ हजार १९ परीक्षा केन्द्र तोकिएको थियो ।
यस्तै जेठ २६ बाट हुने कक्षा १२ को परीक्षा पनि स्थगित भएको छ । १२ कक्षामा करिब ४ लाख परीक्षार्थी छन् । बोर्ड बैठकले एसईई र कक्षा १२ को परीक्षा कसरी सञ्चालन गर्न सकिन्छ भन्ने अध्ययन गर्न ५ सदस्यीय कार्यदलसमेत गठन गरेको छ ।


सम्बन्धित समाचार