Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

संक्रमित ३१ लाख नाघ्यो, २ लाख १७ हजार धेरैले ज्यान गुमाए

काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको महामारीबाट ३१ लाखभन्दा बढी संक्रमित भएका छन् भने २ लाख १७ हजार भन्दा धेरैको मृत्यु भएको छ । विश्वका २१० मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको संक्रमणले ३१ लाख ३५ हजार ८९५ जना संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख १७ हजार ७६३ पुगेको छ । संक्रमित भएका ९ लाख ५२ हजार ९९० जना उपचारपछि घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट विश्वभर ६ हजार ३१५ जनाको मृत्यु भएको छ भने ७५ हजार ९४९ जना संक्रमित भएका छन् । कोरोना भाइरसको महामारीबाट अमेरिकामा मात्रै १० लाख ३५ हजार ३६५ जना संक्रमित भएका छन् । महामारीले अमेरिकामा मृत्यु हुने मानिसको संख्या ५९ हजार २६६ पुगेको छ ।

कोरोना भाइरसको महामारीले इटालीमा एकै दिन ३८२ जनाको मृत्यु भएको छ । योसँगै इटालीमा मृतकको संख्या २७ हजार ३५९ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार ९१ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख १ हजार ५०५ पुगेको छ ।
स्पेनमा २३ हजार ८२२ जनाको मृत्यु भएको छ भने २ लाख ३२ हजार १२८ जना संक्रमित भएका छन् । फ्रान्समा कोरोना भाइरसको संक्रमणबाट २३ हजार ६६० जनाको मृत्यु भएको छ भने १ लाख ६५ हजार ९११ जना संक्रमित भएका छन् ।
बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१ हजार ६७८ पुगेको छ । त्यहाँ संक्रमित हुनेको संख्या १ लाख ६१ हजार १४५ पुगेको छ । कोरोना भाइरसका कारण यो समाचार तयार पार्दासम्म युरोपियन मुलुकहरुमा १ लाख २६ हजार ४२२ जना, उत्तर अमेरिकी मुलुकहरुमा ६४ हजार ३९९ जनाको मृत्यु भएको छ । यस्तै एसियाली मुलुकहरुमा १७ हजार ९१०, अफ्रिकी मुलुकहरुमा १ हजार ५२७ र अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १०७ जनाको मृत्यु भएको छ ।


सम्बन्धित समाचार