Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । संखुवासभामा एकै परिवारका ६ जनाको विभत्स हत्या भएको घटनाको प्रहरीले अनुसन्धान थालेको छ । प्रहरी केहीबेरअघि घटनास्थल पुगेको र घटना भएको स्थानलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी लालध्वज सुवेदीले ताजानेपाललाई जानकारी दिएका हुन् । केहीबेर अघि प्रहरी घटनास्थलमा पुगेको र आफूसहितको टोलीपछि घटनास्थल जाँदै गरेको उनले बताएका छन् । घटनास्थल चैनपुरबाट करिब ५० किलोमिटर पूर्व रहेको बताइएको छ । जिल्लाको मादी नगरपालिका १ स्थित उम्लिङ भन्ने स्थानका ६ जना मृत फेला परेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडाले ताजानेपाललाई जानकारी दिएका छन् । अज्ञात समूहबाट शेरबहादुर कार्कीसहित उनकी आमा, श्रीमती, बुहारी र बच्चा दुई जना गरी छ जनाको हत्या भएको छ । घरेलु हतियार प्रहार गरेर सबैको हत्या भएको शवको प्रकृति हेर्दा देखिन्छ । घटना गएराति नै भएको आशंका गरिएको छ भने स्थानीयले बिहान थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए ।
२०८२ चैत्र ६
ताजा नेपाल
२०८२ चैत्र ६
ताजा नेपाल
२०८२ चैत्र ६
ताजा नेपाल