Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

संघीय समाजवादी सरकारबाट नबाहिरिने

काठमाडौं । समाजवादी पार्टीले मन्त्रालय हेरफेरप्रति असहमति जनाउँदै तत्काल सरकारबाट बाहिरिनु उचित नहुने निष्कर्ष निकालेको छ । शनिबार बसेको पदाधिकारी बैठकले पार्टीले सरकार गठनका क्रममा भएको संविधान संशोधनाको सहमति कार्यान्वयनबारे सरकार र सत्तारुढ दलसँग वार्ता गर्न चार सदस्यीय कार्यदल गठन गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले हालै मन्त्रिपरिषद् पुनगर्ठन गर्दा उपेन्द्र यादवको स्वास्थ्य मन्त्रालय खोसेर कानुन दिइएको थियो भने राज्यमन्त्री सुरेन्द्र यादवलाई पदमुक्त गरिएको थियो । मन्त्रालय हेरफेर हुँदा यादव भारतमा थिए ।
उनी स्वदेश फर्किएपछि शनिबार बसेको समाजवादी पार्टीको बैठकले मन्त्रालय हेरफेर गठबन्धन संस्कृति विपरित भएको भन्दै असहमति जनाएको हो । कार्यदलमा पार्टी अध्यक्ष डा. बाबुराम भट्टराई, नेताहरु उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठ रहेको पार्टीका नेता डा. शिवजी यादवले जानकारी दिए ।