Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

संवैधानिक इजालासमाथि राज्यको प्रहार

काठमाण्डौ । संसद पूर्नस्थापनाको विषयले यतिखेर न्यायीक क्षेत्र समेत विवाद रहित भएन । राजनीतिक स्वार्थमा छनोट गरिएका न्यायधिसहरुलाई अहिले कानून व्यवसायीहरुका अगाडि ठाडो शिर गर्न समेत कठिन भएको छ । सरकार पक्षका सरकारी वकिलहरुले नै बहस पहिरवीमा श्रीमानहरुका बारेमा टिकाटिप्पणी गरेपछि सर्वाेच्चका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बिरामी भएका छन् ।

उनी बिरामी परेका कारण आज बस्ने भनिएको संवैधानिक इजलास स्थगित भएको छ । सम्माननीयज्यू बिरामी पर्नुभयो, त्यसैले आज संवैधानिक इजलास बस्दैन’ अदालत स्रोतले ताजानेपाललाई बताए अनुसार जबराले आफु अस्वस्थ भएको जानकारी अदालत प्रशासनलाई गराएका छन् । प्रतिनिधिसभा विघटन मुद्दामा अब बुधवार सुनुवाइ हुनेगरी निवेदकलाई तारेख दिइएको छ । सर्वोच्च अदालतमा प्रधानन्यायाधीशको अनुपस्थितिसँगै सोमबार तीनवटा इजलासमा ५ जना न्यायाधीशको मात्रै बेञ्च तोकिएको छ । सर्वोच्च अदालतमा प्रधान न्यायाधीशसहित कुल २१ न्यायाधीश छन् । उनीहरुमध्ये सोमबार बमकुमार श्रेष्ठ, सुष्मालता माथेमा, प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल र कुमार चुडालदका मात्रै बेञ्चहरु तोकिएका छन् ।

बाँकी १४ न्यायाधीशको बेञ्च तोकिएको छैन । अदालत स्रोत भन्छ, लकडाउनका कारण मुद्दाहरु नै कम छन् । त्यसैले यस्तो भएको हो । तर सर्वाेच्चबाट न्यायको आशा गरेका सयौँ मुद्दाहरु लकडाउनको नाउमा थान्को लागेका छन् ।