Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
विराटनगर । नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहालले जरुरी पर्यो भने आफूहरु संसदको बैठक बसेर केपी शर्मा ओलीलाई कारबाही गर्ने चेतावनी दिएका छन् । शुक्रबार विराटनगरमा आयोजित सभालाई सम्बोधन गर्दै दाहालले यस्तो चेतावनी दिएका हुन् ।
उनले भने– संसद विघटन गर्ने ओलीको कदम असंवैधानिक छ । हामी सांसदहरु जिउँदै छौं । हामी मरेका छैनौं । हामी जिउँदै छौं । कुनै तानाशाहले मैले मारें भन्दैमा हामी मर्नेवाला छैनौं । सभामुखले बैठकको आयोजना गर्नुहुन्छ, हामी बैठक गर्छौं ।
केपीलाई कारबाही गर्न सकिन्छ । सर्वोच्च अदालतले सही फैसला गर्छ भन्ने विश्वास छ । त्यही भएर अहिले नै संसद बैठक बसिएको छैन् । जरुरी पर्यो भने हामी बैठक बस्छौं । जनताले श्री ३ हुन चाहनेलाई सहनेछैन् । केही महिनाभित्र नेपाली जनताले धेरै महिना लड्नुपर्नेछैन्, बादशाहलाई खसाल्नेछन् । लोकतन्त्र फेरि ट्रयाकमा आउनेछ ।’
२०८१ मंसिर १३
ताजा नेपाल
२०८१ मंसिर १३
ताजा नेपाल
२०८१ मंसिर १३
ताजा नेपाल