Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

संसदको सत्ता गुमे पनि पार्टी सत्तामा गजधम्म

काठमाडौं । आफू बाहेक पार्टीमा अरु नेताले नेतृत्व लिन हुँदैन भन्ने ज्याद्रो पनका भण्डार केपी ओलीले मनमोहनले बनाएको, मदन भण्डारीले संरक्षण गरेको पार्टी आज अस्तित्व रक्षामा थचारिएको छ । नेपालका कम्युनिष्ट नेताहरू माधव नेपाल, झलनाथ खनाल, पुष्पकमल दाहाल जस्ता नेतासँग एमालेका अध्यक्ष केपी ओली तुलना गर्नै मिल्दैन । ओलीले नेकपा कालको त्यो दुई तिहाईमाथि जसरी प्रहार गरे त्यो भन्दा डरलाग्दो प्रहार जेनजी आन्दोलनमा बगाएको रगत हो । अहंकारको प्रभावले विनम्रतालाई लत्यायो । सत्ताका लालचीमा ओली कसरी कस्तो गठबन्धन गरे देशलाई आर्थिक घाटा पु¥याउन जुनसुकै कर्म गर्न ओलीले छाडेनन् । वापमन्थी शक्तिहरूको बाहुल्यतामाथि प्रहार गर्न सफल भएका ओलीकै कारण एमाले सकियो । अरु पार्टीका सत्ता लम्पटहरू रमाएका थिए । ठूला दलका बढे नेतामात्र होइनन् हामी नै मधेशका मसिया हौं भन्दै आएका मधेशका उपेन्द्र यादव, राजेन्द्र महतो, चन्द्रप्रकाश राउत जस्तालाई रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको लहरले एकाएक थान्को लगायो । ३२ सिट रहेको मधेश प्रदेशको जनसंख्या ठूलो छ । शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता विषयमा मधेशका यी रैथाने नेताले चासो नदिएको फल आज फलेको छ । मधेशको प्रभुत्व देखाएर सधैं सत्ताको मोलतोल गर्ने उपेन्द्र यादव पछारिनु तिनले गौर काण्डमा मच्चाएको अपराध पनि हो । सत्ता लेनदेनले त्यो छानविन भएको छैन । मधेशको राजनीतिमा पञ्चायत कालदेखि अविछिन्न महोत्तरी जिल्लाबाट निर्वाचित शरदसिंह भण्डारी पनि थन्किए । नेकाका विलमेन्द्र निधि, नेकपा एमालेका रघुवीर महासेठ, नेकपाका गिरिराजमणि पोखरेल, नारायणकाजी श्रेष्ठ, आम जनता पार्टीका प्रभु शाह जस्ताले पराजय भोगेका छन् । नेकपाकै सहसंयोजक माधवकुमार नेपाल, सोमप्रसाद पाण्डे, राजेन्द्र पाण्डे जस्ता नेताहरू राम्ररी थन्किए । एमालेका महामहिम श्री ३ केपी ओली समेत आफ्नै दम्ब र अहंकारले राम्रै सजायँ पाए । उनी मात्र होइन झापाबाट एमाले समेत निल गराए । सभामुख पदमा निष्पक्षता प्रदर्शन गर्न असफल देवराज घिमिरेलाई उनकै कार्यकालकाी उपसभामुख इन्दिरा रानाले पराजित गरिन् । रानाका विरद्ध एमाले र काँग्रेसले गर्नु नगर्नु अराध गरेझैं बनाएका योजनालाई तत्काल नेकपा माओवादीले तुहाइदिएको थियो । जालझेल र तिकडमवादका प्रमुख केपी ओलीको योजना अब तुहिएको छ । ओलीका सारथीहरू शंकर पोखरेल, प्रदीप ज्ञवाली, विष्णु पौडेल, महेश बस्नेत, भानुभक्त ढकाल, पृथ्वी सुब्बा जस्ता ऐजेरुहरूको पनि संसदीय राजनीति यात्रा रोकिएको छ । काँग्रेसका शेरबहादुर देउवाको विराशत मात्र छेकिएन उनका विश्वासपात्र नैनसिंह महर पनि पराजित भए । सबै कुरामा खरो रुपमा प्रस्तुत हुने डा. सुनिल शर्मा, डा. मिनेन्द्र रिजाल, डा. शेखर कोइराला, विजय गच्छदार, विमलेन्द्र निधि मात्र होइनन् बिग्रेको काँग्रेस सुधारेका सभापति गगन थापा, महामन्त्री गुरु घिमिरे, प्रदीप पौडेल जस्ता युवा नेताहरू समेत काँग्रेस, एमाले गठबन्धन सरकारको लुट र दमनको शिकार भएका छन् । चुनाव जित्नकै लागि लडिन्छ । प्रतिस्पर्धामा हारजित हुन्छ । जसरी ९ थरि कम्युनिष्ट मिलेर बनेको नेकपासँग पार्टी एकता गरेका र प्रचण्डसँग विद्रोह गरेकाहरूले पनि आफ्नो विराशत जोगाउन सकेनन् । नेकपाका उम्मेदवारहरूले पाएको मतबाट जो विजय भए उनीहरू कामले जनताको साथ पाए । जो पराजित भए तिनले लेवीधारी कार्यकर्ताको मात्र मत पाएका छन् । रास्वपा संगठन भएर लोकप्रिय भएको होइन । सहकारी ठगी र संगठित अपराधमा आफ्ना जोगाउने अरुलाई फसाउने एमालेको ओली ब्राण्डले जेनजी युवाहरूमाथि गरेको दमन सडकमा पोखिएको रगतले पनि चुनावमा भाद्र २३ र २४ को कत्लेआमको छानविन गरेको गौरीबहादुर आयोगले दण्डित गर्ने बाटो खुलेको छ । पार्टी तहस नहस भयो तर एमाले अध्यक्ष केपी ओली मसानघाटको राजा बन्न नछाड्ने भएका छन् । उनी नैतिक जिम्मेवारी पूरा गर्ने नेता होइनन् बालेन शाह बतासे अण्डा, मधेशको गोबरको गुइँठा, हाहा हुहु जस्ता राजनीतिक अराजकता शब्द शब्दमा डुक्रिने ओली अराजकताको अन्त्य गर्न यो चुनाव सफल भएको छ । एउटा राजनीतिक दलको नेताको समकक्षी नेताहरूलाई ओलीले गर्ने प्रहार राजनीति नीति शास्त्रभित्र पर्दैन । आजको नेकपा एमाले अरुको कारणले होइन अध्यक्ष ओलीकै कारणले ध्वस्त भएको हो । नैतिक रुपमा पार्टी अध्यक्ष त्यागेर अरु पदाधिकारीहरूलाई पद सुम्पनका लागि पनि ठाउँ छोड्ने चरित्र ओलीकै छैन । त्यसो त एमालेका पदाधिकारीमा टिकट नपाएर बचेको उपमहासचिव योगेश भट्टराई सचिव पद्मा अर्यालहरू हुन् ।


सम्बन्धित समाचार

रास्वपाको विधानले बालेनको बाटो छेक्छ ?

२०८२ फाल्गुन २८

ताजा नेपाल

जनतालाई दिए ओलीले धन्यवाद

२०८२ फाल्गुन २८

ताजा नेपाल