Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

संसदमा अधिनायकवादको वर्चश्र्व

व्यवस्था लोकतन्त्रवादी भएर जनताले लोकतन्त्रको फल पाउने अवस्था भएन । २३४ वर्षे परम्परागत राजतन्त्रको अन्त गर्न राजनीति व्यवस्था गणतन्त्रसँग संघियता, समावेशीता र धर्म निरपेक्षता जोडिएको छ । तर दलका नेता अन्त पार्टी वहस सर्वदलीय छलफल सामुहिक एजेण्डामा कतै पनि जोडिएनन् । दलीय नेतृत्वको दम्व र अहंकारले राजनीतिमा अधिनायकवादको जन्म भएको छ ।
अधिनायकवादका सारथीहरु सवै संघिय सांसदमा छन् । एमालेका अध्यक्ष खडग प्रसाद ओली, काँग्रेसका सभापति शेर वहादुर देउवा, माओवादी अध्यक्ष पुष्प कमल दाहाल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछाने, एसपाका अध्यक्ष उपेन्द्र यादव, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनको अधिनायकवाद उत्कर्षमा पुगेको छ । पार्टीका अध्यक्ष एवं सभापतिहरुले आफ्नो स्वार्थ अनुकूलको लुटमा सहभागी भएका विक्रम पाण्डेहरु बोक्न छोडेनन् ।
एमालेका केपी ओली पार्टी अध्यक्ष हुन । उनले जे गर्छन त्यसको थपडी बजाएर समर्थन गर्ने इश्वर पोख्रेलहरुको लुटको खेती यसपटक शुरु हुँदाहुँदै राष्ट्रपतिमा राष्ट्रिय सहमतिको खोजी भएको छ । एमालेले जसको नाम अगाडि सार्छ त्यसलाई समर्थन गर्नु पर्छ भन्ने छैन । संविधान तोडेर राष्ट्रपतिको साथमा हिजो केपी र विद्याले चलाएको निरंकुश शासनवाट दलहरु तर्केका छन् । ओलीको कारण राप्रपा र रास्वपा जस्ता पश्चागामी टोली संसदमा जूर्मुराएको हो ।