Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

संसदीय छानविन समिति गठन गर्न सहमति

काठमाडौं । संसदीय समिति गठनको माग गर्दै आइरहेको प्रमुख प्रतिपक्ष दल कांग्रेस र सरकारबीच अनौपचारिक सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटार सोमबार राती भएको छलफलमा गोर्खा मिडिया नेटवर्कमा भएको सहकारीको रकम अपचलनबारे छानबिन गर्न संसदीय समिति बन्ने करिब करिब सहमति जस्तै भएको बताइएको छ । आज बिहान बस्ने कार्यदलको बैठकबाट कार्यादेश सबै कुरा टुंगो लाग्ने र औपचारिक सहमति हुने भएको कानुनमन्त्री पदम गिरीले बताउनुभयो । उहाँले संसदको अवरोध पनि हट्ने आज बस्ने संसदको संयुक्त बैठक सुचारु हुनेमा पनि सहमति भएको बताउनुभयो । यस्तै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले पनि छलफल सकारात्मक रहेको बताउँदै आज बस्ने बैठकले अन्तिम रुप दिने बताउनुभयो । कांग्रेसले छानबिन समितिको कार्यादेशमा रवि लामिछानेको नाम उल्लेख गर्नुपर्ने अडान राख्दै आएको थियो । सत्तापक्षाले भने कुनै व्यक्ति वा पद लक्षित छानबिन समिति नबन्ने तर संस्थाको नाम राख्न सकिने बताएको थियो ।