Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

संसदीय दलको नेता बने सिटौला

काठमाडौं । सत्ता समिकरण परिवर्तन हुँदैनथ्यो र पूर्व सहमतिअनुसार अघि बढ्यो भने कृष्णप्रसाद सिटौला राष्ट्रियसभा अध्यक्ष हुन्थे तर समिकरण परिवर्तनसँगै उनको सम्भावना कमजोर बनेको छ । तर नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलको नेतामा भने सिटौला मनोनीत भएका छन्। उनलाई शनिबार पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको नेतामा मनोनयन गरेका हुन्। देउवाका निजी सचिव केशवराज जोशीले संसदीय दलको विधान ९संशोधन तथा परिमार्जन सहित २०७४० को धारा १२ को उपधारा १ बमोजिम दलको नेता चयन गरेको जानकारी गराएका छन्। सिटौला गत माघमा भएको राष्ट्रिय सभा निवाचनमा कोसी प्रदेशको अन्य तर्फबाट निर्वाचित भएका थिए। यसअघिका राष्ट्रिय सभा संसदीय दलका नेता रमेशजंग रायमाझी थिए। उनको ६ वर्षको अवधि पूरा गरेर बिदा भएपछि उक्त पद खाली थियो। सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउनेगरी यसअघिको सत्ता गठबन्धनमा सहमति थियो। तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको गठबन्धन तोडेसँगै सिटौलालाई अध्यक्ष बन्न बहुमत नपुग्ने भएको छ। तर, सभापति देउवा निवास बूढानीलकण्ठमा शनिबार बिहान बसेको पदाधिकारी तथा केही पूर्वपदाधिकारीको बैठक अध्यक्षमा उम्मेदवारी दिनुपर्ने सैद्धान्तिक निर्णय गरेको छ। सो निर्णय अनुसार सिटौलालाई नै उम्मेदवार बनाउने तयारी छ।


सम्बन्धित समाचार

नेप्से २४.३९ अंकले बढ्यो

२०८१ बैशाख ३१

ताजा नेपाल

मोडलिङमा मोहित बनेका शाही

२०८१ बैशाख ३१

ताजा नेपाल