Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक बस्दै

काठमाडौं। सहकारीको रकम हिनामिना प्रकरणको छानबिनका लागि गठन गर्न लागिएको संसदीय छानबिन समितिको कार्यादेश बनाउने जिम्मेवारी पाएको कार्यदलको बैठक आज पनि बस्दै छ। बैठक अहिले विहान ८ बजे कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बस्दैछ । यसअघि बिहीवार बसेको बैठकमा पनि कार्यविधिमा सहमति हुन नसके पछि आज पुनः बैठक बस्न लागेको हो। सहकारी ठगीमा संसदीय छानबिन समिति बनाउन सत्ता र प्रतिपक्ष सहमत भए पनि त्यसको कार्यविधिमा सहमति जुट्न नसके पछि पछिल्लो बैठकहरू निस्कर्षबिहीन बन्दै आएका छन् । संसदीय छानबिन समितिको कार्यविधिमा गृहमन्त्री लामिछानेको नाम उल्लेख गर्ने वा नगर्ने भन्ने विषयमा सत्ता पक्ष र प्रतिपक्षबीच विवाद देखिएको छ। प्रतिपक्षी नेपाली कांग्रेस गृहमन्त्री लामिछानेसमेत समेटिने गरी कार्यविधि बनाउनुपर्ने पक्षमा छ भने सत्ता पक्ष गृहमन्त्रीको नाम कार्यविधिमा उल्लेख गर्न तयार देखिएको छैन। छानबिन कार्यविधिमा लामिछानेको नाम राखिए उनले गृहमन्त्रीबाट राजीनामा दिनुपर्ने अवस्था आउन सक्ने र उनले राजीनामा दिए सरकार अप्ठेरोमा पर्ने सम्भावना देखिएपछि सत्ता पक्ष कांग्रेसको मागमा सहमत हुन सकेको छैन। गत आइतबार पनि यही विषयमा विवाद हुँदा कार्यदलको बैठक निष्कर्षविहीन भएको थियो । संसदीय समिति गठन र त्यसको कार्यविधिमा सहमति नभए कांग्रेसले आज पनि संसद् बैठक अवरुद्ध गर्ने जनाएको छ।


सम्बन्धित समाचार