Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । पार्टीमा अवसरको कहिल्यै कमी महसुर नगरेकी राष्ट्रिय सभाकी सांसद डा अञ्जान शाक्य संसदीय सुनुवाइ समितिको सदस्यमा मनोनीत भएकी छन् । यसअघि राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको समेत सदस्य रहेकी शाक्यलाई राष्ट्रिय सभा बैठकले सुनुवाइ समितिमा मनोनयनका लागि सहमति जनाएपछि उनी उक्त समितिको सदस्य बनेकी हुन् । बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली, २०८० को नियम २५ को उपनियम २ बमोजिम उनलाई संसदीय सुनुवाइ संयुक्त समितिमा मनोनयनको प्रस्ताव पेश गरेका थिए । शाक्य राष्ट्रपतिबाट राष्ट्रिय सभामा मनोनीत सांसद हुन् । राष्ट्रिय सभाबाट उक्त समितिमा नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगाना र नेकपा माओवादी केन्द्रका सांसद जगप्रसाद शर्मा छन् । शाक्यसँगै अब संसदीय सुनुवाइ संयुक्त समितिमा राष्ट्रिय सभाका ३ जनाको प्रतिनिधित्व भएको छ । उक्त समितिमा प्रतिनिधिसभातर्फबाट माओवादी केन्द्रका जनार्दन शर्मा, नेपाली कांग्रेसका जीवन परियार, रास्वपाका डोल प्रसाद अर्याल, राष्ट्रिय प्रजातन्त्र पार्टीका पशुपति शमशेर ज।ब।रा।, नेकपाएमालेका महेश बर्तौलालगायत छन् । उक्त समितिमा १५ सदस्य रहने प्रावधान छ । नेपालको संविधानको धारा २९२ को उपधारा (१) मा संवैधानिक परिषदको सिफारिसमा नियुक्त हुने प्रधान न्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, न्याय परिषदका सदस्य, संवैधानिक निकायको प्रमुख वा पदाधिकारी र राजदूतको पदमा नियुक्ति हुनु अघि संघीय कानून बमोजिम संसदीय सुनुवाइ हुने छ भन्ने व्यवस्था गरिएको छ । उक्त समितिलाई संवैधानिक परिषदको सिफारिसमा नियुक्त हुने प्रधान न्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, न्याय परिषदका सदस्य, संवैधानिक निकायको प्रमुख वा पदाधिकारी र राजदूतको पदमा नियुक्तिका लागि सुनुवाइको क्षेत्राधिकार दिइएको छ ।
२०८३ बैशाख १३
ताजा नेपाल
२०८३ बैशाख १३
ताजा नेपाल
२०८३ बैशाख १३
ताजा नेपाल